FLASH NEWS
  • Loading...

पुल भाँचिदा ट्रक दुर्घटनाः २ जनाको मृत्यु, तीन घाइते

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५७ पटक पढिएको
पुल भाँचिदा ट्रक दुर्घटनाः २ जनाको मृत्यु, तीन घाइते

मुस्ताङको घरपझोङ -५ ठिनी खोलामा कच्ची काठेपुल तर्ने क्रममा आइतबार बिहान ट्रक पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना सामान्य घाइते भएका छन् ।

पुल भाँचिदा जिल्ला बाग्लुङ ढोरपाटन-५ अधिकारी चौर बस्ने २२ वर्षीय सुनिल घर्ती मगर ,सोही स्थानका २५ वर्षीय लुद्रबहादुर कामी,जिल्ला पर्वत जलजला गाउँपालिका-४ १८ वर्षीय सहचालक दिनेश दर्जी र जिल्ला ओखलढुङ्गा खिन्दीदेम्बा—७ बस्ने वर्ष २९ का दावा शेर्पा सामान्य घाइते भएका छन् । घाइतेहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मुस्ताङको घरपझोङ-५ स्थित कुछ्प तेरङ्गा गुम्बा भवनका लागि निर्माण सामाग्री लिएर गएको ग १ ख ६८५२ नम्बरको मालवाहक ट्रक अस्थायी जीर्ण काठेपुल लोड थाम्न नसकी भाँचिन पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार जोमसोमदेखि करिब ३ किलोमिटरको दुरीमा पर्ने जोमसोम-ठिनी-धुम्बा भित्रि कच्ची सडकमा अन्दाजी बिहान ८ : ३० बजेको समयमा ट्रक दुर्घटना हुँदा रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका-१ बस्ने वर्ष ३८ का चित्रबहादुर श्रेष्ठ र वर्ष २६ की मनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार ट्रकमा चालकसहित ७ जना सवार रहेको जनाइएको छ । अन्नपुर्ण पोष्टमा समाचार छ ।