FLASH NEWS
  • Loading...

खुले सार्वजनिक यातायात तर खुलेनन सडक

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३३४ पटक पढिएको
खुले सार्वजनिक यातायात तर खुलेनन सडक

कोरोना भाईरस संक्रमणको दोस्रो लहर फैलिएसँगै जारी निषेधज्ञापछि बन्द भएको यातायात सेवा साउन १ गते शुक्रवारदेखी संञ्चालन भएको छ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिले वैशाख २२ गतेदेखी निरन्तर जारी राखेको निषेधज्ञा खुकुलो बनाई सार्वजनिक यातायात संञ्चालन गर्ने निर्णय गरेपनि जिल्लाका प्रमुख तथा ग्रामिण सडकहरुमा पहिरोले सवारी अवरुद्ध छन । साउन १ देखी नै सार्वजनिक यातायात खुल्ला गरिएपनि सडक अवस्थाको कारण जिल्लाका कुनै पनि सडकमा बस चलेका छनैनन ।
‘निषेधज्ञा खुकुलो बनाई सार्वजनिक यातायात संञ्चालन गर्ने निर्णय गरेपनि यातायात संञ्चालन गर्न सडकमा पहिरोले अवरोध गरेकोले चल्न सकेनन’ जिल्लाका सडकमा सवारी संञ्चालन गर्दै आएको म्याग्दी यातायात ब्यवसायी कम्पनीका अध्यक्ष सुमन श्रेष्ठले भने, ‘बेनी–बरंजा ८ किमी, बेनी–पुलाचौर ६ किमी र बेनी–झीं ७ किमी सडकमा जीप चल्ने बाहेक जिल्लाका अन्य सवै सडकमा पहिरोले यातायात अवरुद्ध छन ।’
बेनी–जोमसोम र बेनी–दरवाङ्ग सडकमा दैनिक दिनभर लगाएर पहिरो पन्छ्याएर यातायात संञ्चालन गर्ने राती पहिरोले फेरी उस्तै अवरुद्ध बनाउने गरेको छ । यातायात ब्यवसायीका अनुसार यी सडकमा पहिरोले माथीबाट पुर्ने र तलबाट भासिने भएकोले बाटो साँघुरो बन्दा साना जीप, भ्यान, मिनी ट्रक प्रकृतिका गाडी मात्र संञ्चालन हुन सक्छन । सडक खुलेपनि यी सडकमा ठूला वस संञ्चालन हुने संभावना छैन ।
त्यसैविच बेनी–जोमसोम–कोरोला सडकको बेनीदेखी तीन किमी उत्तर पिप्लेको गलेश्वर खण्डमा पहिरोले सडक हिलाम्मे भै यातायात अवरुद्ध छ ।

बेनी–दरवाङ सडकको फापरखेतको घुमाउने पहिरो र दरवाङ छेउको  वाङ्गे पहिरो तथा बेनी– जोमसोम सडकको जलेश्वर, गलेश्वर, चमेरे, तिल्केनी, गुईठे, रुप्सेछहरा र काप्रेभीर खण्डमा सडकको पहिरो हटाएर यातायात सुचारु भै नसक्दै पहिरोले फेरी अवरुद्ध बनाएको हुन्छ । यी ठाउँ मध्य कुनै न कुनै स्थानमा दैनिक पहिरोले सडकमा अवरुद्ध बनाउने गरेको छ ।

‘बेनी–जोमसोम सडकको गलेश्वरमा पहिरोले करिव एक हप्तादेखी सडकमा सवारी अवरुद्ध छ । त्यहाँ वारपार गर्ने पर्ने अति जरुरी भएका गाडी डोजर र ट्याक्टरले टुचेन लगाएर गाडी पास गराई दिने गरेको जानकारी छ तर पैसा असुली गरेको हामीलाई जानकारी छैन’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरिक्षक विरेन्द्रकुमार श्रेष्ठले भने, ‘ग्रामिण सडक त धेरै समयदेखी बन्द छन । सवारी खुलाउनै पर्ने प्रेसरका बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा मात्र केही दिनदेखी तीन ठाउँमा पहिरो पन्छ्याउने प्रयास जारी छ ।’

बाढीपहिरोले सडक भत्कने, पुरिने र हिलाम्मे भएपछि पर्यटकिय वस्ती घार, शिखहुँदै घोडेपानी पुग्ने ३० किमी लामो ग्रामिण सडक, गलेश्वर–बेग, महभीर–घराम्दी, बाबियाचौर–अर्मन, दरवाङ–रुम, दरवाङ–ताराखोला (बाग्लुङ), देविस्थान, मराङ, समेत जिल्लाका सवै सडकमा बस मात्र होईन फोरह्वील जीप तथा ट्याक्टर पनि गुड्न छोडेको एक महिना भयो ।