ढुङ्गाले लागेर मोटर साईकल चालक घाईते

८ श्रावण २०७८, शुक्रबार मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता
बेनी–जोमसोम सडक अन्र्तगत अन्नपूर्ण गाउँपालिका, ३ दानाको काप्रेमा भीरबाट ढुङ्गा खसेर लाग्दा मोटरसाईकलन चालक घाईते भएका छन । मुस्ताङबाट म्याग्दी तर्फ आइरकेको ग ३ प ३८ नम्बरको मोटरसाईकलमाथी भीरबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा मोटरसाईकल चालक रोल्पाका विशाल घर्ती घाईते भएका छन । स्थानीय इन्द्रसिंह शेरचनका अनुसार घर्तीको तातोपानी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।