FLASH NEWS
  • Loading...

एमाले गाउँ अध्यक्षको करेन्ट लागेर मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२९ पटक पढिएको
एमाले गाउँ अध्यक्षको करेन्ट लागेर मृत्यु

नेकपा एमाले रघुगंगा गाउँपालिका, ५ झिं का वडा कमिटीका अध्यक्ष रहेका ४६ बर्षिय कृष्ण थजाली मगरको करेन्ट लागेर मृत्यु भएको छ ।
विहिवार रघुगंगा गापा, ६ स्थित विधुतको मुख्य लाईनको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका थजालीको झिं स्थित स्वास्थ्य चौकीमा उपचारक्रममा मृत्यु भएको नेपाल विधुत प्राधिकरण बेनी केन्द्रैले जनाएको छ ।
विधुत प्राधिकरणले आफ्ना स्थानीय कर्मचारी थजालीलाई करेन्ट लागेर घाईते भएपछि हेलिकोप्टरबाट पोखरा लैजाने तयारी भैरहेको बेला स्वास्थ्य केन्द्रले मृत्यु घोषणा गरेपछि हेलिकोप्टरबाट उद्धार गर्ने योजना रद्ध गरेको पनि जनाएको छ ।