- Loading...
युनियन लाइफको आईपीओ बाँडफाँड, अन्तिम नतिजा केही घन्टामा यसरी हेर्न सकिन्छ
- पुनहिल डट कम
- ४ साल अघि
- २९७ पटक पढिएको

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड भएको छ।
आईपीओ बिक्री गरेको तेस्रो दिनमै युनियन लाइफको आईपीओ बाँडफाँड गरिएको हो। आज साँझ ५ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच युनियन लाइफ आईपीओको बाँडफाँड गरिएको हो।
गत असार २४ गतेदेखि असार २८ गतेसम्म बिक्री खुला गरिएको यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको छ। क्यापिटलका अनुसार अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म २१ लाख ७२ हजार ८६८ आवेदन परेको छ। यो हिसाबले यो आईपीओमा परेको आवेदनले यसअघि जीवन विकास लघुवित्तमा परेको आवेदनको रेकर्ड ब्रेक गरेको छ। यसअघि जीवन विकास लघुवित्तमा सर्वाधिक २० लाख ८७ हजार ३१७ आवेदन परेको थियो।
यो कम्पनीले गत असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। युनियन लाइफले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।
कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्।
प्रभु क्यापिटलका अनुसार प्रिअलटमेन्टका क्रममा २१ लाख ८२ हजार ७५० जना आवेदन परेको जनाएको छ। तीमध्ये ६९ हजार ९१६ आवेदकको दोहोरो र विभिन्न कारणले आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार गोलाप्रथामा सहभागी हुन २१ लाख १२ हजार ७९९ आवेदन सदर गरिएको छ। तीमध्ये भाग्यमानी ५ लाख ८० हजार ५०० आवेदकले गोलाप्रथाबाट १०/१० कित्ताका दरले सेयर पाएका छन्। भने १५ लाख ३२ हजार २९९ आवेदकको हात खालि भएको छ।
यो आईपीओमा गोलाप्रथाअन्तर्गत कार्यक्रममा सहभागी सबैभन्दा कम उमेरकी भार्गव पराजुलीलाई बल तान्न लगाइएको थियो।
यो आईपीओ अन्तिम नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np/ प्रभु क्यापिटल र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइटमा सार्वजनिक गरिनेछ। अन्तिम नतिजा केही घन्टापछि हेर्न सकिने प्रभु क्यापिटलले जनाएको छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
