FLASH NEWS
  • Loading...

प्रमुख जिल्ला अधिकारीले दुर्व्यवहार गरेको भन्दै विरोध

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४३ पटक पढिएको
प्रमुख जिल्ला अधिकारीले दुर्व्यवहार गरेको भन्दै विरोध

समाचार संकलन प्रयोजनकालागी जिल्ला प्रशासन कार्यालय पुगेका दुई जना पत्रकारलाई प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले दुर्व्यवहार गरेको भन्दै पत्रकारका छाता संगठनहरुले विरोध गरेका छन ।

द्धन्द्ध पिडित अधिकार मञ्च म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका साधन राम्जाली र धिरेनबहादुर खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाएर प्रजिअले कार्यकक्षबाट निकालेको नेपाल पत्रकार महाँसघ, म्याग्दी मिडिया सोसाईटी र प्रेस संगठनले विज्ञप्ती प्रकाशित गरी जनाएका छन ।

प्रजिअको दुर्व्यवहारमा परेका भनिएका पत्रकार साधन राम्जालीले भने, ‘हामीले फोटो खिच्न लाग्दा उहाँले रोक्नु भयो, मैले आफ्नो परिचय दोहोऱ्याए । उहाँले फेरी अनुमति विना फोटो नखिच भने पनि नमस्ते भन्दै म बाहिरिएको हुँ ।

द्वन्द पीडित मञ्चका अध्यक्ष सुरेन्द्र खत्रीको नेतृत्वमा पुगेको टोलीले प्रजिअ अधिकारीलाई ज्ञापनपत्र पढेर सुनाउने क्रममा पत्रकारद्धयले तस्विर र भिडियो लिने क्रममा अनुमति नलिई फोटो खिचेको भन्दै पत्रकारद्धयलाई कार्यकक्ष छोड्न आदेश विज्ञप्तीमा उल्लेख छ ।

‘म कार्यकक्षमा प्रवेश गर्ने वित्तिकै एक जनाले ज्ञापन पत्र पढ्छु भन्दै उठे, दुई जनाले भिडियो/फोटो खिच्न थाले । त्यसपछि मैले ज्ञापन पत्र बुझाउने कस्ले हो भन्ने जानकारी पनि छैन। समय लिएको पनि छैन भनेको हो । युट्युवे ठानेर मैले अनुमति वेगर फाटो/भिडियो नखिच्न भनेको हो ।’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘पत्रकार हुनुहुँदो रैछ । तर उहाँहरुको तरिका पनि ठिक थिएन । निहुँ खोज्ेको हो भन्दै उफ्रेपछि बाहिर जानुस भनेको हो । पेशागत शैल ी र सभ्यता सवैले जान्नु पर्छ ।’