बेनी नगरपालिकाद्धारा सुन्तला तथा कागतीका वेर्ना वितरण

१८ असार २०७८, शुक्रबार मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता
बेनी नगरपालिकाले वडा कार्यालय मार्फत संकलन भएको मागको आधारमा कृषकलाई सुन्तला तथा कागतीका बेर्ना वितरण गरेको छ । बेनी नगरपालिकाका मेयर हरीकुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले शुक्रवारसुन्तला तथा कागतीका वेर्ना कृषकलाई हस्तान्त्रण गरेका हुन । ‘नगरपालिकाले दिएका यती सुन्तला र कागतीका वेर्ना रोपेर ब्यवसायी नभैएला तर सुरुआत गर्न सकिन्छ । नगरपालिकालाई सुन्तला/कागतीमा आत्मनिर्भर बनाऔं’ मेयर श्रेष्ठले भने, ‘रोपेको हो, सवै मरे नभन्नु होला । उत्पादन भए आम्दानी तपाईलाई नाम नगरपालिकाको हुने हो ।’ नगरपालिकाका सवै १० वटै वडामा सुन्तला तथा कागती खेती गर्न चाहने कृषकलाई ब्यक्तिगत रुपमा कम्तीमा २० वटाका दरले सुन्तला/कागतीका बेर्ना वितरण गरिएको हो । नगरपालिकाले बेनी नगरपालिका, ९ काउलेगौडाको रामकृष्ण कृषी नर्सरीबाट कागतीका प्रति वेर्ना २४ रुपैयाँ र सुन्तलाका प्रति वेर्ना १५ रुपैयाँमा ११/११ हजार वेर्ना खरिद गरी वितरण गरेको हो । समुह र निजी कम्पनीहरुलाई २ हजासम्म विरुवा उपलब्ध गराईएको बेनी नगरपालिका कृषी शाखाकी प्राविधिक सहायक संगीता थापाले बताईन । प्रास थापाले भनिन, ‘वितरित सुन्तला जातका वेर्ना पनि नगरक्षेत्रकै कृषकको नर्सरीमा उत्पादित हुन ।’