- Loading...
शहरका विद्यालयमा अनलाईन कक्षा, गाउँमा सुनसान
- पुनहिल डट कम
- ३ साल अघि
- २४३ पटक पढिएको

कोरोना कहरको कारण विद्यालय खुल्न नसकेपनि सदरमुकाम बेनीका समेत केही विद्यालयले भच्र्युअल माध्यम (अनलाईन कक्षा) बाट धमाधम पढाई गरिरहेका छन ।
स्वास्थ्य सुरक्षा अपनाई, अनलाईन तथा वैकल्पिक विधी अपनाएर विद्यार्थी भर्ना सुरु गरेका गाउँका विद्यालयहरुले भने असार महिनाभर भर्ना अभियान भन्दै सुनसान छन ।
‘बजार तिरका स्कुलमा अनलाईनबाट पढाई भा छ रे, हाम्रो स्कुलमा कस्ले पठाउँछ र ? अनलाईन कक्षा पढ्ने सवै साथी राम्रो फोन पनि छैन’ धवलागिरी गापा, ७ की मिना थापाले भनिन, ‘सरहरु साउनपछि भौतिक रुपमा स्कुल खुल्छ भन्नु हुन्छ, कोरोनाले पनि हाम्रो पुस्तालाई बर्वाद बनायो ।’
सदरमुकाम बेनीको प्रकाश माध्यामिक विद्यालय समेत सामुदायीक तथा संस्थागत विद्यालयले अनलाईन माध्यमबाट पठन पाठन सुरु गरेका छन । लामो समयदेखी विद्यालय वन्द भै विद्यार्थी घरमै रहेकाले अभिभावक पनि सकेसम्म वैकल्पिक विधीबाटै भएपनि पठनपाठन सुरु गराउन चाहन्छन ।
‘थोरै विद्यार्थी र सवै विद्यार्थीको हातमा स्मार्ट मोवाइल पहुँच भएका एक दुई विद्यालयले अनलाईनबाट पठनपाठन सुरु गरेपनि सवै विद्यार्थी जोडिएका छैनन’ अन्नपूर्ण गाउँपालिकाका शिक्षा संयोजक भरत पुनले भने, ‘पठन पाठन सुरु नभएपनि यहाँका सवै विद्यालयमा शिक्षकहरु उपस्थित भै शैक्षिक सामाग्री निर्माणमा जुटेका छन ।’
ग्रामिण क्षेत्रमा इन्टरनेट सविधा नभएकोले विद्यायलले पठन पाठन गर्न सकेका छैनन । दुर्गम धवलागिरी गाउँपालिकामा चट्याङ्गले विटिएस मेसिन जलेपछि आर्थिक वर्षको अन्त्यमा सरकारी आर्थिक कारोवार नै बन्द भएको वेला विद्यालयमा अनलाईन कक्षा संञ्चालन परको कुरा छ ।
‘सवै विद्यालयले विद्यार्थी भर्ना गरी हात हातमा नयाँ पाठ्यपुस्तक पनि पुऱ्याईसकेका छन । तर पठन पाठन संञ्चालन भने अझै अन्यौल छ’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘भच्र्युअल माध्यमबाट पठनपाठने संभाब्यता खोज्न सवै विद्यालयलाई स्माट मोवाईलमा पहुँच भएका विद्यार्थीको डाटा संकलन गर्न भनेका छौं । संक्रमण जोखिम केही कम भए भौतिक रुपमै कक्षा संञ्चालन गर्ने पनि सोचाईमा छौं ।’
गत वर्ष पनि सहरका विद्यालयहरुले भर्चुअल माध्यमबाट पठन पाठन गरेपनि ग्रामिण भेगका विद्यार्थी स्वअध्ययनको भरमा परिक्षामा सहभागी भएका थिए । यस शैक्षिक सत्रमा पनि विद्यार्थीको पढाई प्रभावित भएको भन्दै अभिभावकमा चिन्ता थपिएको छ ।
कोरोना कहरले शैक्षिक संस्थामा भौतिक पढाई बन्द भएपछि फुर्सदमा रहेका विद्यार्थीहरु घरमा गाई गोठ र खेतालाको कामम ब्यस्त छन । छोराछोरीको पढाई अवरुद्ध हुँदा चिन्तित भएका अभिभावकहरुलाई विद्यार्थी घरमा खेतीकिसानीमा भने सहयोगी भएका छन ।
‘गाउँमा न अनलाईन कक्षा न कोरोना सावधानी । घाँस काट्यो, धान रोप्ने/कोदो रोप्ने समेतका काममा दिन वित्छ । पढेका कुरा पनि विर्सिन थालिसकियो’ म्याग्दी क्याम्पस स्नातक तहमा अध्ययनरत बेनी नगरपालिका, ४ की शुभश्री रेग्मीले भनिन, ‘क्याम्पस तहमा त अनलाईन कक्षा छैन, स्कुल तहमा झन के अनलाईन पढाई हुनु, स्कुल बन्द भएपछि भाईवैनी पनि भैसा गोठाला भएका छन ।’
त्यसैविच जिल्लाका सवै २ सय ३२ विद्यालयमा अध्ययनरत गर्ने २१ हजार २ सय ४६ जना विद्यार्थीको हातमा केही बाहेक सवै पाठ्य पुस्तक पुगेको छ । अध्ययनरत छन । तीमध्य कक्षा १–५ मा १० हजार ८ सय ७९ जना, कक्षा ६–८ मा ६ हजार १ सय ३३ जना र कक्षा ९–१० मा ४ हजार २ सय ३४ जना विद्यार्थी छन ।
‘लकडाउनका समयमा पनि ब्यवसायीलाई पुस्तक ल्याउन सहिजीकरण गरिएकोले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुऱ्याउन सजिलो भयो’ शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले भने, ‘स्वास्थ्य सुरक्षालाई ख्याल गरी भौतिक वा इन्टरनेट समेत वैकल्पिक विधीबाट समेत विद्यार्थी भर्ना गरी यथासंभव अनलाईन समेत वैकल्पिक विधीबाट पठन पाठन सुरु गर्न स्थानीय तहसँग सहकार्य गरेका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
