माधव नेपाल गद्दार हुन्, उनको गल्ती अक्षम्य छ– ओली

३० असार २०७८, बुधबार १६:१६ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालबाहेकका नेताहरु कमीकमजोरी महसुस गरी आए काम गर्न मौका दिने, तर नेता नेपालको गल्ती कमजोरी र आत्मालोचना स्वीकार्न नसकिने बताएका छन्।

निजी निवासमा भेलाभएका नेताकार्यकर्तालाई सम्बोधन गर्दै ओलीले जनप्रेमी,विकास प्रेमी सरकार ढाल्न अगुवाइ गर्ने गद्दार,लाजसरम हराएका नेपालको गल्ती अक्षम्य रहेको बताए।पार्टीभित्र भएका घुसपैठी र बिकाउ नेताहरुलाई पार्टीमा ठाउँ नभएको उनको भनाई थियो।