FLASH NEWS
  • Loading...

द्वन्द्वमा बेपत्ता भएका ३१ जना भेटिए, को–को कहाँका ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८६ पटक पढिएको
द्वन्द्वमा बेपत्ता भएका ३१ जना भेटिए, को–को कहाँका ?

नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ जना व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । ‘बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्यक्ति सम्पर्कमा आएका छन्, परिवारसँग सकुशल भेटिएका छन्’, आयोगका अध्यक्ष युवराज सुवेदीले भने, ‘अध्ययन गर्दै जाँदा भेट्ने क्रम जारी छ, अरु पनि भेटिन्छन् भन्ने आयोगलाई विश्वास छ ।’

आयोगले उजुरीको अध्ययन गरी छानबिन गर्न जाने क्रममा हालसम्म भेटिएका बेपत्ता व्यक्तिमा नुवाकोट विदुर नगरपालिका–१२ का लक्ष्मणप्रसाद भट्ट, स्याङ्जा वालिङ नगरपालिका–६ का गोपालप्रसाद अर्याल, कैलाली घोडाघोडी नगरपालिका–१३ का हेमराज जोशी, कञ्चनपुर पुनर्वास नगरपालिका–१० का कृष्णप्रसाद दुलाल र इलाम माइ नगरपालिका–७ का चन्द्रबहादुर शाह रहेका छन् ।

त्यस्तै, झापा कमल गाउँपालिका–१ का भीष्मजङ्ग रायमाझी, चितवन भरतपुर उपमहानगरपालिका–१३ का गङ्गाधर तिमिल्सिना, रुकुम पश्चिम सानीभेरी गाउँपालिका–११ का उमेश विःक, दार्चुला नौगाड गाउँपालिका–५ का विक्रमसिंह ठगुन्ना, ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का रोहित भट्टराई, डडेलधुरा परशुराम नगरपालिका–९ का कालुसिंह ठगुन्ना, नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) रामग्राम नगरपालिका–१५ का केशवप्रसाद उपाध्याय पौडेल र गोरखा नारेश्वर–६ का राजुविक्रम शाह फेला परेका हुन् ।

फेला परेका अन्य व्यक्तिमा मोरङ मिक्लाजुड गाउँपालिका–३ का कुमार सुवेदी, ललितपुर गोदावरी नगरपालिका–१३ का राजकुमार राना, कञ्चनपुर भीमदत्त नगरपालिका–१८ का धनबहादुर दाहाल, बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ का डबल बुढा र तनहुँ म्याग्दे गाउँपालिका–१ का शिवप्रसाद खनाल रहेका छन् ।

त्यस्तै भोजपुर नगरपालिका–३ का रामकुमार राई, भोजपुर रामप्रसाद राई गाउँपालिका–३ का बबिन राई, संखुुवासभा चैनपुर–११ का जगनाथ हेडवा र लक्ष्मीबहादुर बुढा, डोटी शिखर नगरपालिकाका जनक भण्डारी, चितवन रत्ननगर नगरपालिकाका बेनीमाया अधिकारी र रौतहट गौर नगरपालिका–१ का सन्तोष जैसवाल परिवारसँग सकुशल भेएिका हुन् ।

त्यस्तै दैलेख नारायण नगरपालिका–६ का जयप्रसाद जैशी, स्याङ्जा पुतलीबजार नगरपालिका–२ का टुकबहादुर पौडेल, सल्यान कालिमाटी गाउँपालिका–१ का पहलमान बस्नेत, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ का नीलबहादुर थापा र सर्लाही बसबरिया गाउँपालिका–३ का हरिमोहन चौधरी परिवारको साथमा भेटिएका हुन् ।

नेपालमा विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ सम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएको भनेर आयोगमा उजुरी परेको थियो । सोही उजुरीको अध्ययन गर्ने क्रममा ३१ व्यक्ति फेला पारी हाल परिवारको सम्पर्कमा रहेका छन् । आयोगमा परेका ३ हजार २ सय २३ उजुरीमध्ये २ सय ३७ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको थियो । त्यसमध्ये १ सय ३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको थियो । साथै २ सय ८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल