Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३२५ पटक पढिएको
मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा बिहान ९ः३० बजे बाँडफाँड गरिएको हो।

मनकामना स्मार्ट लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ०.५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कासनको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

एनएमबि क्यापिटलका अनुसार यो आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकबाट २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि खरिद आवेदन परेको छ। तीमध्ये ३२ हजार ८५९ आवेदकबाट परेको ४ लाख ३० हजार ७१० कित्तालाई शंकास्पद भनिएको छ। ती शंकास्पदमध्ये २ हजार ७५३ आवेदकबाट परेको ३७ हजार ९२० कित्तालाई बदर गरिएको छ।

क्यापिटलका अनुसार १९ लाख ५१ हजार ५२१ आवेदकबाट परेका कुल २ करोड ५० लाख ९५ हजार ३७० कित्ता सदर भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार ३६ हजार ३४९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तीमध्ये १० कित्ताभन्दा बढी आवेदनमध्येबाट गोलाप्रथाबाट भाग्यमानी २ दुईजनाले थप १/१ कित्ता सेयर पाएका छन्।

यो आईपीओ अन्तिम नतिजा केही घन्टापछि सार्वजनिक गरिने एनएमबि क्यापिटलले जनाएको छ। आईपीओ अन्तिम नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np/ मा, एनएमबि क्यापिटल र सम्बन्धित आईपीओ निष्कासनकर्ता मनकामना स्मार्ट लघुवित्तको वेबसाइटमा हेर्न सकिनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल