FLASH NEWS
  • Loading...

दाताले मोवाईल सहयोग गरेपछि भर्चुअल कक्षामा जोडिए बालगृहका बालबालिका

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २७५ पटक पढिएको
दाताले मोवाईल सहयोग गरेपछि भर्चुअल कक्षामा जोडिए बालगृहका बालबालिका

अभिभावकको मृत्य वा अन्य कारणले अभिभावकत्व गुमाएपछि वालगृहमा आश्रित ११ जना बालबालिकाहरु भर्चुअल कक्षामा जोडिएका छन ।
दाताहरुले वाल गृहमा रहेका सवै ११ जना वालबालिकालाई एक–एक थान स्मार्ट फोन खरिदिएपनि उनीहरु विद्यालयले सुरु गरेको अनलाईन कक्षामा जोडिन पाएका हुन । वालबालिकालाई भर्चुअल कक्षामा जोड्न वालगृहले इन्टरनेट र १५ हजार ५ सय मुल्य बराबरका सवै ११ जना विद्यार्थीकालागी स्मार्ट मोवाईल जुटाएको हो । विद्यालयहरुले भर्चुअल माध्यमबाट अध्ययन/अध्यापन सुरु गरेपनि बालगृहमा बालबालिका अनलाईन पठाईबाट वन्चित थिए ।
‘कक्षाका सवै साथीहरु अनलाईन कक्षामा जोडिएका थिए । मेरो मोवाईल नभएकोले अनलाईन कक्षा पढ्न पाएकी थिईन । मोवाईल भएपछि पढ्न सजिलो भएको छ’ न्यू वेष्टपोईन्ट आवसीय माध्यामिक विद्यालय सात कक्षामा अध्ययनरत करिना कार्की भनिन, ‘वालगृहमा बस्ने हामी सवैले मोवाईल पाएका छौं, हामीले पनि अव अनलाईन कक्षामा पढ्छौं ।’
कार्कीको विद्यालय न्यूवेष्ट पाईन्ट आमाविले असार ५ गतेदेखी नै नयाँ शैक्षिक सत्रको पढाई सुरु गरेका छ । निजी क्षेत्रको विद्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत कार्कीलाई केही वर्षदेखी नि:शुल्क अध्यापन गराउँदै आएको छ ।
अघिल्लो शैक्षिक सत्रको सुरु र अन्तिममा पनि यहाँका निजी तथा सामुदायीक विद्यालयहरुले भर्चुअल कक्षाबाट अध्ययन अध्यापन गराएका थिए । तर वालगृहका बालबालिका भने उपकरण नभएकोले भर्चुअल कक्षामा जोडिन सकेनन । विद्यालयले पनि कुन विद्यार्थी छुटे कुनै चासो राखेनन ।


‘कोरोना भाईरस संक्रमणको माहामारीले अघिल्लो शैक्षिक सत्रदेखी नै विद्यालयमा नियमित कक्षा रोकिए । प्राय: सवैले भर्चुअल माध्यमबाट पठाई गरे । तर वालगृहका बालबालिका अनलाईन कक्षाबाट वन्चित रहे । त्यसैले यो वर्ष दाताबाट एक खाल ७० हजार ५ सय सहयोग जुटाएर सवै बालबालकाको हातमा स्मार्ट मोवाईल दिएका छौं’ म्याग्दी बाल गृहका अध्यक्ष राजेश शाक्यले भने, ‘बालबालिकामा हामी वालगृहमा बस्ने वेसहारा, परित्यक्त भन्ने मनोविज्ञान अन्त्य गर्न चाहन्छौं । असाहाय वालबालिकाको नाममा हुने सहयोगको उच्च सदुपयोगको पक्षमा छौं ।’
नेपाल बाल संगठन मातहत संञ्चालित म्याग्दी वालगृहमा आश्रित ११ जना बालबालिका सवै एउटै विद्यालयमा भने पढ्दैनन । रोजी पौडेल र कल्पना रोका मगरले बेनी सामुदायीक माध्यामिक विद्यालय कक्षा ९ मा पढ्छन । बेनी सामुदायीक विद्यालयले भने साउन १ गतेबाट मात्र अनलाईन कक्षा सुरु गर्ने जनाएको छ ।
त्यसैगरी वालगृहका कृष्णकुमारी भण्डारी र हिरा नेपालीले कालीपुल स्थित वालमन्दीर आधारभुत विद्यालय कक्षा ८ मा अध्ययनरत छन । विद्यालयले गत असार २० गतेबाट भर्चअल माध्यमबाट अनलाईन पठनपाठन सुरु गरेको छ ।
‘साथीहरु अनलाईन कक्षाबाट पढ्थे । हामी अघिल्लो वर्ष पनि पढ्न पाएनौं । अहिले त मोवाईल फोन पाएका छौं, आज पहिलो दिन अनलाईन कक्षा जोडियौं’ हिरा नेपालीले भनिन, ‘वालगृहका सरहरुले सवैका मोवाईलमा अनलाईन कक्षा पढ्ने जुम आईडी बनाई दिनु भएको छ । मोवाईलमा पढ्दा रमाईलो भएको छ ।’


वालमन्दीर आधारभुत विद्यालयकै कक्षा ५ मा अध्ययनरत अजय बानियाँ, इन्द्रबहादुर भण्डारी, कक्षा ४ का सीता सार्की, निराजन छन्त्या र कक्षा १ का प्रेम दमाई र मनिसा सुनारको हात–हातमा पनि अनलाइन कक्षा पढ्न मोवाईल आएको छ । तर विद्यालयले तल्लो कक्षामा अनलाईन पठाई सुरु गरेको छैन ।
‘गत वर्ष मेरो ठूलो कक्षाका नानीहरुले एउटा एउटै मोवाईलमा आलोपालो गरी मुख्य विषय पढे । अहिले भने नयाँ समिति आएको छ, समितिले सवैलाई मोवाईल ल्याईदिनु भएको छ’ वालगृहमा बालबालिकाको स्याहार सुसार गर्दै आएकी सावित्रा थापा मगरले भनिन, ‘२४ सै घन्टा वाईफाई इन्टरनेट जोडिएको र मोवाईल फोन पाउँमा बालबालिका उत्साही छन । मोवाईल फोन वालगृहले बनाएको आईडी मात्र प्रयोग हुन्छ, फोन सीम र अन्य सामाग्री प्रयोग गर्न नपाईने गरिएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल