FLASH NEWS
  • Loading...

इन्टरनेट खोज्दै पोकापन्तुरा बोकेर ताकम झऱ्यो धवलागिरी गाउँपालिका कार्यालय

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४२६ पटक पढिएको
इन्टरनेट खोज्दै पोकापन्तुरा बोकेर ताकम झऱ्यो धवलागिरी गाउँपालिका कार्यालय

चट्याङ्गले विटिएस मेसिन जलेपछि इन्टरनेट सेवा अवरुद्ध हुँदा दुर्गम धवलागिरी गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोवार सेमेत सेवा प्रभावित भएपछि इन्टरनेट खोज्दै ताकम झरेको छ ।
चार दिनदेखी इन्टरनेट सेवा वन्द भएपछि भुक्तानी गर्नु पर्ने समेत आर्थिक फाईलहरु बोकेर प्रमुख प्रशासकीय अधिकृत, लेखाअधिकृत समेत कर्मचारी दुई दिन अघि तल ताकम झरेको धवलागिरी गापाले जनाएको छ । मुनामा अझै इन्टरनेट सहज नभएकोले टोली दुई दिनदेखी ताकम स्थित ७ नम्बर वडा कार्यालयमा अड्डा जमाएर बसेको छ ।
असार २२ गते राती परेको चट्याङले धवलागिरी गापा, ३ मुनाको फालडाँडामा रहेको टेलिकमको रिपिटर टावरमा रहेको डिभाईसहरु जलेपछि इन्टरनेटमा आधारित गापाका सवै आर्थिक कारोवार बन्द भएको हो । अवरुद्ध मोवाईल सेवा भने चारदिनपछि संञ्चालन भएको छ ।
‘आर्थिक बर्षको अन्त्यमा इन्टरनेट सेवा अवरुद्ध हुँदा भुक्तानी समेतका सवै कारोवार ठप्प रहेको छ । प्रमुख प्रशासकीय अधिकृत, लेखाअधिकृत समेत कर्मचारी आवश्यक सवै पोकापन्तुरा बोकेर ताकम स्थित वडा कार्यालय झरेका छन । बेनी आउन सवै सडक अवरुद्ध छन, हिंडेर बेनी पुग्न दुइ दिन लाग्छ । त्यसैले ढिलो गतिको इन्टरनेटबाट निर्वाह गरिएको हो’ धवलागिरी गापा अध्यक्ष थमसरा पुनले भनिन्, ‘इन्टरनेट सेवा अवरुद्ध भएपछि गापाको सेवा पुरै ठप्प बन्यो । भुक्तानी सवै रोकिए ।’
गापा अध्यक्ष पुनले थपिन, ‘कार्यालयको काम अस्तब्यस्त भएपछि इन्टरनेट सेवा सुचारु गर्न टेलिकमका प्राविधिक खोज्न म दुई दिन हिंडेर बेनी आएकी छु । तर यहाँ उपकरण पाईएन, पोखराबाट मगाउनु पर्छ रे । कहिले हो कहिले सुवा सुचारु हुन अनिश्चित छ ।’
हिमाली जिल्ला म्याग्दीको पश्चिम टुप्पोमा अवस्थित जिल्लाका ४५ प्रतिशतबढी भुगोल ओगट्ने धवलागिरी गाउँपालिका भौगोलिक तथा सेवा सुविधाको हिसावले अति दुर्गम हो ।
धवलागिरी गाउँपालिकाले आफ्नै लगानीमा टावर राख्ने जग्गा, उपकरण राख्ने भवन र विधुत तथा ब्याट्रिको ब्यवस्था गरेपछी वल्न टेलिकमले पोईन्ट टु पोईन्ट प्रविधीको इन्टरनेट डिभाईस जडानगरी २ एमविपिएस क्षमताको डेलिगेटेड इन्टरनेट पुर्‍याएको थियो ।

गाउँ–गाउँमा सिंह दरवार पुर्‍याउने संघिय संरचना अनुसार राज्य पुनसंचना हुँदा राज्यले दिने सेवा पाउन उल्टो सास्ती पाएको गुनासो छ । धौलागिरी महिलाले नेतृत्व गर्ने देशका थोरै गाउँपालिका मध्य एक हो ।
‘सेवा, सविधा र अवसरको अभाव हुँदा धवलागिरीमा प्रशासनीक सेवा मात्र होईन पूर्वाधार निर्माण गर्न समेत समस्या छ । गापामा इन्टरनेट अवरुद्ध भएपछि पोकोपन्तुरा बोकेर भौतारिनु परेको छ’ धवलागिरी गापा प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले भने, ‘आर्थिक लाभ मात्र सुविधा होईन । स्वास्थ्य समेतका सुविधामा पहुँच अभाव पनि यहाँका चुनौति हुन ।’
कठिन भुगोल, विधुत, संञ्चार, यातायात, बैंक जस्ता आधारभुत सुविधाको न्यून पहुँच अझ स्थाई सरकार भनिने कर्मचारीको सँधैका अभाव धौलागिरी गाउँपालिकाका मुख्य चुनौति हुन । आधारभुत पूर्वाधार उपलब्ध नहुने र खटाएका कर्मचारी कार्यस्थल नआउँदा योजनाहरु कार्यान्वयन गर्न हैरानी छ । गाउँपालिका केन्द्रमा वैंक तथा प्रहरी पनि छैन । राम्रो संञ्चार अभाव छ ।
विधुत, इन्टरनेटको भरपर्दो सुविधा नभएको भन्दै राष्ट्र वैंकले तोकेको प्रभु बैंक पनि चार घन्टा तल ताकममा बसेको छं । भौगोलिक विकटता, कर्मचारीको अभाव, टेलिफोन, इनटरनेट, विधु, सडक यहाँका चुनौति हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल