Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मनसुन शुरु भएसंँगै विपद्का घटनामा १३२ जनाको मृत्यु, ५४ करोडभन्दा धेरैको क्षति

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११६ पटक पढिएको
Post Thumbnail

मनसुन शुरु भएसंँगै देशका विभिन्न भागमा बाढी पहिरोका घटनाहरु भइरहेका छन्। यो वर्ष शुरु भएयता हालसम्म विपद्का १ हजार १२४ घटना भएको राष्ट्रिय विपद् न्युनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यो अवधिमा सबैभन्दा धेरै पहिरोका घटना भएका छन्। अविरल वर्षाका १२७ घटनामा ६ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण ४ करोड ४५ लाख ४६ हजार रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै चट्यांगका १२९ घटनामा परि ३४ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। चट्यांगबाट यो अवधिमा १ करोड ५६ लाख ३४ हजार ८३० रुपैयाँ बराबरको क्षति भएको छ।

पहिरोमा परी ४५ जना घाइतेसमेत भएका छन्। पहिरोले ६९ लाख ४१ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ।

यस्तै बाढीका ७२ घटनामा परी २७ जनाको मृत्यु भएको छ। बाढीमा परि २८ जना हालसम्म बेपत्ता रहेको प्राधिकरणले जनाएको छ। बाढीका कारण ५ करोड ५३ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ।