Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

वर्खा लाग्यो बेनीमा सँधै खानेपानीको पिरलो, के होला विकल्प ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४१० पटक पढिएको
वर्खा लाग्यो बेनीमा सँधै खानेपानीको पिरलो, के होला विकल्प ?

चैत–जेठ महिनामा मुहान सुक्ने हुँदा सवैतिर खानेपानीको समस्या हुन्छ । तर म्याग्दी सदरमुकाम बेनीमा भने ठिक उल्टो हुन्छ । बेनी बजारमा भने वर्षेनी मनसुन सुरु भएपछि खानेपानीको समस्या हुने गर्छ । कसरी ?
बेनीका ९ सय ३० घरधुरीका १५ हजार जनसंख्यालाई २४ सै घन्टा श्वस्च्छ र सफा खानेपानी पुर्‍याउँदै आएको खानेपानी वर्खायाममा भने वर्षेनी बाढी पहिरोको चपेटामा पर्दा खानेपानीको हाहाकार हुने गर्छ ।
‘अलि ठूलो पानी पऱ्यो भने पक्का छ, बेनी खानेपानी अवरुद्ध भयो । हामीले रोजेको मुहानको पानी राम्रो भएपनि बाटो राम्रो भएन । उपभोक्ताले सास्ती पाए’ उपभोक्ता हरीकृष्ण श्रेष्ठले भने, ‘अव बेनीमा वितरित खानेपानीको विकल्प खोज्नु पर्ने वेला भयो । बजारको दुवै कोखामा ठूला नदी बग्ने भएकोले लागत बढेपनि भुमिगत पानी तान्न आवश्यक छ ।’
बेनी–जोमसोम सडकसंगै रहेको ट्याङ्कीदेखी मुहानसम्म ८ किलोमिटर लामो जिआई पाईप लाईनमा जमिनमाथी भएकोले दैनिक कहीं न कहीं बाढी र पहिरोले क्षति पुऱ्याउने गरेको छ । बेनी–जोमसोम सडक विस्तार गर्ने क्रममा भित्ता काटिएपछि यो खण्ड झन बढी पहिरोग्रस्त भएको छ ।


खानेपानीको मुख्य लाईनमा फलामे (जिआई) पाईप प्रयोग भएकोले कहीं फुट्दा मर्मत गर्न झन समस्या हुने गरेको छ । पाईप ठूलो भएकोले हत्तपत्त १–२ जनाले चलाउन र जोड्न मिल्दैन । फलामको भएकोले फुटेको पाईप जोड्न वल्डिङ मेसिन र विधुतकालागी छुट्टै ठूलो जेनेटर बोकेर पहिरोमा मजदुरले ज्यानको उच्च जोखिम मोलेर जानु पर्ने भएकोले मर्मत कठिन र ढिलो हुने गरेको हो ।
‘मुहानदेखी ट्याङ्कीसम्मकै वितरण लाईन पहिरोग्रस्त क्षेत्रमा रहेकोले हैरान भएको छ । असारका पछिल्लो २४ दिनमा पाईपलाईनमा हरेक दिन कुनै न कुनै ठाउँमा सानो/ठूलो क्षति पुग्ने गरेको छ । पाईप लाईन मर्मत गर्न केही घन्टादेखी चार–पाँच दिनसम्म लाग्ने गरेको छ’ बेनी खानेपानी उपभोक्ता समितका प्रवन्धक याम किसानले भने, ‘असार–भदौ तीन महिना बेनीको खानेपानी वितरणमा समस्या मात्र हुँदैन, फुटेर विपत्ति निम्त्याउला भन्ने त्रास पनि उस्तै छ ।’
बेनीमा ल्याएका दुई वटा पाईपलाईन मध्य पुराना पाईपलाई अधिकांश क्षेत्रमा जमिनमुनी भएकोले बाढीपहिरोले कम क्षति गरिरहेको छ । तर नयाँ पाईपलाईन भने जमिनमाथी रहेकोले पहिरो र माथीबाट ढुङ्गा खसेर पनि भाँच्ने/फुटाउने गर्दा धेरै क्षति पुग्ने गरेको छ ।
‘झट्ट हेर्दा पाईप फुटेको हो, जोड्ने भन्ने मात्र हुन्छ । तर ठूला–ठुला जीआई पाईप त्योपनि पहिरोग्रस्त अप्ठ्यारो र भीरपाखामा गहुंङ्गा जेनेरेटर र मेशिन लगेर जोड्नु/वेल्डिङ गर्नु सजिलो हुँदैन’ बेनी खानेपानीका निर्माण कर्मचारी तोपबहादुर कार्कीले भने, ‘धेरै पटक संयोगले ज्यान जोगिएको छ । विहानदेखी रातीसम्मै झरीवादल नभनी जुटेका छौं । यो वर्ष झन असार सुरु देखी नै दुख दियो ।’


सदरमुकाम बेनीको पछाडीको भिरालो पाखोको विचबाट प्रति सेकेण्ड १५–१७ लिटर पानी आउने दुई वटा पाईप लाईन रिर्जवयर ट्याङ्कीसम्म लगिएको छ । सोही बाटो भएर ट्याङ्कीबाट क्याम्पसचोक, हिससाईड, हस्पिटलचोक क्षेत्रमा छुट्टै पाईप लाईनबाट खानेपानी वितरण गरिएको छ । बजारको माथी भिरालो पाखामा रहेको तीन वटा पाईपलाईनमा कुन दिन सानो पहिरो वा ढुङ्गा खसेर पाईप लाईन फुटाउला र अर्को विपत्ति आउने भन्ने पीरलो उस्तै छ । हिलसाईनमा रहेका तीन वटामध्य एउटा पाईपलाईन हालै फुटेपछि क्याम्पसचोकमा गेग्रान नै ल्याएको थियो ।
‘बजारको शिरानमा विच्छाएका पाईप लाईनले जोखिम बढाएको छ । अस्ति पनि साँझमा फुट्यो र मानवीय क्षति हुन पाएन राती परे, ज पनि हुनसक्छ’ हिलसाईडका उपभोक्ता मीनबहादुर बानियाले भने, ‘बेनी तिर्खा मेट्ने खानेपानीको पाईपलाई, विपत्तिको माध्यम नबनोस । कम्तीमा राती पाईपमा पानी नहालौं ।’
श्वस्च्छ र सफा खानेपानी उपभोक्ताको घरमा पुऱ्याउँदै आएको बेनी उपभोक्ता संस्थाले खानेपानी लाईनमा पहिरोले क्षति पुऱ्याई आपूर्ति वन्द भएपछि बेनी नगरपालिका, ३ कोप्रीखोला र सोही नपा, ६ को राउवडाको खेतमा बग्ने खुल्ला पानी ल्याई उपभोक्ताको धारामा पानी पठाएको छ ।
‘सफा र शुद्ध मुलको पानी उपभोक्ताको धारामा पुऱ्याउन टाढाको मुहानमा गयौं तर यो मुनसुनको तीन महिना साह्ै दुख दिएको छ’ बेनी खानेपानी उपभोक्त संस्थाका उपाध्यक्ष रमेश गिरीले भने, ‘बाढीपहिरोले पाईपलाईनमा क्षति पुऱ्याएपछि वैकल्पिक क्लोरिन राखेर निर्मलीकरणगरी पठाएका छौं ।’


मुलको सफा र शुद्ध खानेपानी आपूर्ति गर्न अन्नपूर्ण गाउँपालिका, ८ काफलडाँडाको पुम्दिखोलाको मुलबाट १८ किलोमिटर लामो जिआई पाईपबाट पानी ल्याईएको छ । १४ बर्षअघि एशियाली विकास बैंकबाट ऋण लिएर निर्माण गरेको बेनी खानेपानी नथेगेपछि उपभोक्ता समितिले सोही बैंकबाट ७ करोड ४ लाख ऋण थपेर प्रति सेकेण्ड १५ लिटरबाट क्षमताबृद्धी ३२ लिटर प्रति सेकेण्ड पानी झर्ने बनाईएको थियो ।
त्यसैविच नेपाली स्ट्याण्डरको गुणस्तरीय खानेपानी वितरण गर्दै आएको बेनी खानेपानी संस्थाले प्रयोग गर्दै आएको स्लो स्याण्ड फिल्टर ट्याड्ढीको फिल्टर गर्न छोडेपनि नयाँ स्याण्ड फिल्टर निर्माण गर्न थालिएको जनाएको छ ।
त्यसैविच उपभोक्ता र बेनीको खानेपानी वितरण गर्दै आएका बेनी खानेपानी उपभोक्ता संस्था दुवैले विद्यमान खानेपानीको मुहान र वितरण प्रणालीको विकल्प खोज्नु पर्ने कुरामा सहमत हुन थालेका छन ।
‘प्रयोग भैरहेको खानेपानीको मुल शुद्ध र सफा भएपनि ल्याउने बाटो पहिरोग्रस्त भयो । मोटरबाटोले पनि थप दुख दिएको छ । दीर्घकालिन विकल्पको खोजीमा छौं’ बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘मंगलाघाट स्थित म्याग्दीखोला किनाराबाट भुमिगत पानी तान्ने र वितरण गर्ने गरी डिपिआर तयार भएको छ । आगामी हिउँदमा ऋण खोजेरै पनि काम सुरु गर्छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल