- Loading...
अमेरिकाले दिएको १५ लाख डोज खोप शनिबार नेपाल आउने
- पुनहिल डट कम
- ३ साल अघि
- १६० पटक पढिएको

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज उपलब्ध गराउने भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले नेपालाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप र भुटानलाई ५ लाख डोज मोर्डना खोप उपलब्ध गराउने भएको हो ।
अमेरिकाले उपलब्ध गराएको उक्त खोप शनिबार नेपाल आइपुग्ने ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै रोयटर्सले जनाएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले अमेरिकाले नेपाललाई उक्त खोप दिन लागेको जानकारी दिइन् । ‘उक्त खोपको थप विस्तृत कुरा छिट्टै बाहिर ल्याउने छौं,’ उनले भनिन् । उनले यो खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनताको लागि उपहारको रुपमा रहेको बताइन् ।
यसअघि नेपालले अमेरिकालाई खोप सहयोगको लागि आग्रह गरेको थियो । साथै, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् । स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेको थियो । उक्त खरिदको काम पनि अघि बढ्न सकेको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
