यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

२५ असार २०७८, शुक्रबार १६:४५ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

उज्वेकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाल समूह ‘बी’ मा परेको छ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन्। छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ।

११ समूहको शीर्ष टिम र उत्कृष्ट चार उपविजेताले यू–२३ एसियन कप खेल्नेछन्। ताजिकिस्तानमा हुने समूह ‘बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ।