FLASH NEWS
  • Loading...

यात्रुलाई बेगखोलामा जहिल्यै सास्ती, पुल बनाउन ‘डिजाईन एण्ड विल्ड’ मोडलमा ठेक्का

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११५ पटक पढिएको
यात्रुलाई बेगखोलामा जहिल्यै सास्ती, पुल बनाउन ‘डिजाईन एण्ड विल्ड’ मोडलमा ठेक्का

बेनी–जोमसोम सडक खण्डको बेगखोलामा मोटरेवल/झोलुङ्े पुल समेत नहुँदा यात्रुले भेलमा हेलिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।
सदरमुकाम बेनीदेखी ११ किमी उत्तर बेनी–जोमसोम सडक अन्र्तगत वेगखोलामा ०७३ भदौ १५ गते राती आएको बाढीले ११ वटा घरसमेत बेलिब्रिज र सँगै रहेको झोलुङ्गे पुल बगाएर कालीगण्डकीमा मिसाएको थियो ।
‘बेगखोलाको भेलमा ज्यानको बाजी लगाएर हेलिनु पर्ने वा घाम लागेको वेला संयोगले आउने ठूला गाडीको पछाडी झुण्डिएर तर्नु पर्ने हाम्रो अनिवार्य नियती हो’ अन्नपूर्ण गाउँपालिका, घारका खड्ग गिरीले भने, ‘कहिले काहीं खोला तार्ने डोजर वा ठूला गाडी भएन भने गन्तब्य यात्रा त्यागेर फर्कनु पर्छ ।’
गिरीले थपे, ‘गण्डकी प्रदेशको लाईफ लाईन, राष्टी्रय गौरवको अन्र्तदेशिय बेनी–जोमसोम–कोरोला सडकमा ५ बर्षदेखी यात्रुले एउटा खोला तर्ने फड्के पनि नपाउनु नियती, दुर्भाग्य मात्र होईन बेईजती बढी हो ।’
बाढीले बगाएको मोटरेवल तथा झोलुङ्गे पुल ५ बर्षसम्म पनि निर्माण नहुँदा बर्खायाममा यात्रुले बेगखोलाको भेलमा ज्यानको जोखिम मोलेर वारपार गर्नु पर्ने बाध्यता भएको हो । असार–असोज ४ महिना ठुला मालबाहक गाडीले पानी नपरेको वेला खोलामा जर्वजस्त हालेर खोला तर्छन । पैदल यात्रु र मोटरसाईकल समेत वाहक भने ट्याक्टरमा चढेर यात्रा गर्ने गरो छन । त्यो पनि पानी नपरेको बेला पानी परे खोलामा बहाव बढ्दा ठूला गाडी पनी तर्न नसकने हुन्छ ।


‘बेगखोलामा अस्थाई साँघु राख्ने श्रोत नै भएन । ठाउँपनि उपयुक्त छैन । यात्रुले साह्ै कष्ट पाएका छन । बेगखोलामा यो वर्षपनि यात्रुले सास्ती भोग्नुको विकल्प छैन’ जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले भने, ‘दिउँसो खोलाको पानी फिँजारेर गाडी तार्ने, यात्रु तार्ने र फसेका गाडीको उद्धार गराउन बेनी–जोमसोम सडक निर्माणमा रहेको ठेकदार कम्पनी शर्मा–युनाईटेडलाई दुई वटा डोजर स्ट्याण्डवाई राख्न भनेका छौं ।’
११ मिटर चौडा कालोपत्रे स्तरमा सडक विस्तार गरिहेको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले ५ बर्षसम्म बेगखोलामा कस्तो पुल बनाउने डिजाईन सकेन । त्यसैगरी सडक विभाग मातहतकै कालीगण्डकी करिडोर र पुल महाशाखा विच पुल कस्ले निर्माण गर्ने भन्ने हानथापले पनि बेगखोला पुल निर्माण अलमलमा परेको हो ।
आयोजनाले डिजाईन फाईनल गर्न नसकेपछि सडक विभाग पुल महाशाखाले हस्तक्षेप गरी ठेकदार आफैले डिजाईन गरी पुल निर्माण गर्ने गरी ‘डिजाईन एण्ड विल्ड’ मोडेलमा पुल बनाउन विक्वीइ (द्यष्पयष्) हिमालयन जेभिलाई भ्याट सहित ८ करोड ५० लाखबढीमा ठेक्का दिएको छ ।
‘हामीले ३३ महिना भित्र पुलको डिजाईन र निर्माण गर्ने गरी ठेक्का लिएका छौं । तीन महिना वित्यो, माटोको परिक्षणपछि एनलाईसिस भैरहेको छ । असोजबाट निर्माण थाल्छौं’ कन्ट्याक्टर विक्वीइ (द्यष्पयष्) हिमालयन जेभिका प्रमुख आत्मराम सापकोटाले भने, ‘कालीगण्डकी र ठाडो गेग्रान ल्याउने खहरे खोलाको दोभान रहेकोले लोकेसन क्रिटिकल छ ।’
कन्ट्याक्टर सापकोटाका अनुसार पुल महाशाखा मातहतको ३ नम्बर सेक्टर पाल्पाले सुपरभाईजर हुनेगरी पुलको ठेक्का लगाईएको हो । सडक विभाग पुुल महाशाखा पाल्पा सेक्टरले कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना अन्र्तगतका बेखोला बाहेक तिप्ल्याङ–महभीर र पोखरे–तोपानी जोड्ने कालीगण्डकी नदीमाथी पनि पुल निर्माण गरिरहेको छ । बेगलोखामा निर्माण हुने पुल ७० मिटर लामो हुने छ । पुलदेखी दायाँ–बायाँ २–२ सय मिटर लिङ्क सडक हुने छ ।
‘वल्लो–पल्लो र विचगरी तीन वटा पिलर रहनेगरी पुलको डिजाईन गरिरहेका छौं । तीन वटा पिलर कसरी राख्ने भन्ने समस्या हो । किनभने माथीबाट आउने खहरेको बाढी र कालीगण्डकीको बहावको तालमेल नमिले डुवानको जोखिम बढ्छ ।’ कन्ट्याक्टर सापकोटाले बताए ।
त्यसैविच गण्डकी प्रदेश सरकारले वेगखोलामा झोलुङ्गे पुल बनाउन ५० लाख बजेट विनियोजन गरेको भएपनि डिपिआर बनाउने कन्सल्टेन्टले समयमा काम नगर्दा यो वर्ष झोपु निर्माण हुन नसकेको जिल्ला समन्वय समितिले जनाएको छ ।
‘डिपिआर बनाउने काम बैशाखसम्म भएको भएपनि जेठ–असार २ महिनामा झोपु निर्माण हुन सक्थ्यो । काम नै भएन । ठेक्का लागेको छ । लगन पछिको पोते भने झै झोलुङ्गेको काम पनि असोज पछि सुरु हुन्छ ।’ जिल्ला समन्वय प्रमुख केसीले भने, ‘उत्तरी भेग जानै हुँदैन, फेसवुक खोल्नै हुँदैन, जनताले गाली गरेका हुन्छन । श्रोत नहुँदा निरिह बन्नु पर्ने ।’