FLASH NEWS
  • Loading...

छिस्वाङमा खहरेखोलाले बगाउँदा दम्पत्तिको मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०७ पटक पढिएको
छिस्वाङमा खहरेखोलाले बगाउँदा दम्पत्तिको मृत्यु

मंगला गाउँपालिका, ५ छिस्वाङ स्थित खहरेखोलामा आएको बाढीले बगाउँदा दम्पत्तिको मृत्यु भएको छ ।
बुधवार विहान २ बजे परेको भारी वर्षापछि आएको बाढीले मंगला गाउँपालिका, ५ छिस्वाङ स्थित घर बगाउँदा घर पसल संञ्चालन गरी वस्ने मालिका गाउँपालिका, ६ रातोढुङ्गाका गजिन रोका (२२) र उनकी श्रीमति विना रोका (१९)लाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्याम राईले बताए ।
दम्पित्तिको शव घर/पसलदेखी केही तल म्याग्दी खोला किनारामा फेला परेको प्रहरीले बताएको । बाढीले छिस्वाङमा अन्य केही घरमा पनि क्षति पुऱ्याएको छ ।
त्यसैगरी रातभर परेको भारी वर्षापछि बेनी–दरवाङ, बेनी–जोमसोम र बेनी–बाग्लुङ तर्फका सडकमा दर्जनौं साना–ठूला पहिरो झरेकोले यातायात अवरुद्ध भएको छ ।