- Loading...
प्रचण्डका घरबेटी सरकारको कालोसूचीमा !
- पुनहिल डट कम
- ३ साल अघि
- ३४३ पटक पढिएको

शैलुङ इन्टरप्राइजेजलगायत १५ कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ इन्टरप्राइजेज कम्पनीलाई ओली नेतृत्वको सरकारले दुई वर्षसम्म कालोसूचीमा राखिएको छ । पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले तोकिएको समयमा रासायनिक मल खरिद नगरेपछि कृषि सामग्री कम्पनीले धरौटी रकम जफत गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचिमा राख्न सिफारिस गरेको थियो ।
कृषि कम्पनीको सिफारिसमा उक्त कम्पनीलाई यसअघि नै एक वर्षका लागि कालोसूचीमा राखिएको थियो । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।
प्रचण्डका घरबेटी अधिकारीले ठेक्का लिएका धेरै सडक आयोजना समयमै निर्माण सम्पन्न भएका छैनन् । अधिकारीले पहुँचका आधारमा ठेक्का हात पार्दै आएका छन् ।

सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मङ्सिर १६ गतेदेखि लागू हुने गरी एक वर्षका अवधिसम्म कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म (कालोसूचीमा राखिएको समयसम्म) सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
