FLASH NEWS
  • Loading...

हिलोमाटो थुप्रिएपछि गलेश्वरको बेलिव्रिज जोखिममा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९६ पटक पढिएको
हिलोमाटो थुप्रिएपछि गलेश्वरको बेलिव्रिज जोखिममा

|kmf]6f] SofK;g M a]gL–hf]d;f]d ;8s cfof]hgf cGt{ut a]gL gu/kflnsf, ( un]Zj/ / /3'u+uf ufp“kflnsf, # lkKn] hf]8g] /fx'3f6vf]nf dfly lgld{t a]lnla|hdf df6f]sf] y'k|f] . la|hsf] 5]pdf dfyLaf6 em/]sf] klx/f]sf] n]bf] df6f] k;]/ @ lkm6hlt afSnf] hd]sf] 5 . t:jL/ M 3gZofd v8sf÷sflGtk'/

बेनी–जोमसोम सडक अन्र्तगत बेनीदेखी तीन किलोमिटर उत्तर तर्फ राहुघाट खोला माथी निर्मित बेलिव्रिजमा हिलोमाटोको थुप्रो लागेको छ ।
पिप्लेपट्टी माथीबाट आएको पहिरोको लेदो माटो पसेर ब्रिजको करिव दुई फिट पुरिएको छ । सडक विभागले एक सय फिट लामो बेलिव्रिजको छेउमा राखेको बोर्डमा १८.५ टन भारवहन क्षमता भएकोले एक पटकमा एउटा मात्र गाडी आवत–जावत गर्न सुझाएको छ । तर पुलमाथी थुप्रिएको माटो हटाउने निकाय नहुँदा त्यस्तै अवस्थामा गाडी चलाउने गरिएको छ ।
‘२० बर्ष पुरानो र गतवर्षको बाढीबाट क्षतिग्रस्त गलेश्वर बेलिब्रिजमाथी भार क्षमता बढी हुनेगरी लेदोमाटो थुप्रिएको र सोही ठाउँमा ठूला भारका मालबाहक गाडी गुड्दा दुर्घटनाको जोखिम बढेको छ’ यातायात ब्यवसायी मोहन केसीले भने, ‘सडक विभागका कर्मचारीलाई खवर गऱ्यौं तर कसैले वास्ता गर्दैनन ।’
सडकमा लकडाउनले सार्वजनिक यातायातका साधनहरु सञ्चालन नभएपनि बेनी–जोमसोम खण्डमा दर्जनबढी जलविधुत आयोजनाका गाडी र मुस्ताङमा निर्माण सामाग्री बोकेर जाने मालबाहक गाडी चल्ने गर्छन ।
सडक विभागले चालु बेलिब्रिजमा ओभरलोड हुनेगरी लेदो थुप्रिएको जानकारी आएकोले छेउमा निर्माणाधिन निर्माण ब्यवसायीलाई माटो हटाउन लगाईएको जनाएको छ ।
‘पुलमा ठ्याक्क यति नै भारको माटो थुप्रिएको छ भन्न सकिन्न । बेलिब्रिजको माटो हटाउन निर्माण ब्यवसायीलाई निर्देशन गरेका छौं’ सडक विभागका इन्जिनियर आशिष मानन्धरले भने, ‘यातायात संञ्चालनमा राख्न डाइभर्सन वा अन्य विकल्प दिनु निर्माण ब्यवसायीको दायीत्व हो । उस्ले हटाउँछ ।’
०५७ सालमा नेपाली सेनाले निर्माण गरेको गलेश्वर बेलिब्रिजको एकापट्टीको फाउण्डेसन गत वर्ष राहुघाट खोलामा आएको बाढीले बगाएपछि तल खसेको थियो । क्षतिग्रस्त पुललाई गत वर्ष ट्रक उठाउने जग राखेर थोरैथोरै जमिनदेखी ५ मिटर माथी उठाएर ग्याभिनजालीको फाउण्डेसन बनाई आरसिसी बेरिङ प्याडमामा बेलिब्रिज टेकाएपछि सवारी संञ्चालन योग्य भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत रहुघाट नदीमाथी कालिका गजुरमुखी जेभिले पक्की मोटर पुल निर्माण गरिरहेको छ । सडक विभागका अनुसार निर्माण ब्यवसायीले सरासर काम गरे आगामी साउन अन्तीमसम्म नयाँ पुल संञ्चालनमा आउने छ ।
‘पुलको मुख्य भाग सेट भैसक्यो । पुल र सडक जोड्ने सस्पेन्सन ज्वाईन्ट राख्ने र पुलको फुटपाथ एवं रेलिङ राख्ने काम मात्र बाँकी छ’ इन्जिनियर मानन्धरले बताए ।