FLASH NEWS
  • Loading...

चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित नेपालका शीर्ष नेताहरुले छलफल गर्दै

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५८ पटक पढिएको
चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित नेपालका शीर्ष नेताहरुले छलफल गर्दै

प्रधानमन्त्रीसहितका नेपाली शीर्ष नेताहरुले भोलि चिनियाँ राष्ट्रपति शी जिनपिङसँग छलफल गर्ने भएका छन्।छलफलमा नेपालसहित अन्य देशका शीर्ष नेता तथा पार्टी प्रतिनिधिहरु पनि सहभागी हुनेछन् । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले यो छलफल आयोजना गरेको हो।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजना गरिएको चिनियाँ कम्युनिष्ट पार्टी र विश्वभरका राजनीतिक पार्टीहरुबीचको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँगै नेपाली शीर्ष नेताहरु पनि सहभागी हुनेछन्। बैठक भोलि भिडियो लिंकमार्फत भर्चुअल रुपमा हुने चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका प्रवक्ता हु झाओमिङलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

मंगलबार हुने छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने प्रधानमन्त्रीका संचारविज्ञ रामशरण बजगार्ईंले जानकारी दिएका छन्।  छलफलमा प्रधानमन्त्री ओलीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु पनि सहभागी हुनेछन्।

चीनको सरकारी प्रसारक चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार यो छलफल ‘जनताको लागि खुसीको खोजीः राजनैतिक दलको जिम्मेवारी’ भन्ने मूल विषयवस्तुमा केन्द्रित हुनेछ। छलफलमा १ सय ६० भन्दा धेरै देशबाट ५ सयभन्दा धेरै विश्वभरीका राजनैतिक दलका नेता १० हजारभन्दा धेरै पार्टी प्रतिनिधि सहभागी हुने बताइएको छ।

१०० वर्षअघि जुलाइ १०२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टी अहिले ९५ मिलियन सदस्यसहित विश्वको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ ।