FLASH NEWS
  • Loading...

छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५१ पटक पढिएको
छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ

प्रहरीले आफ्नै छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका—८ सुडानस्थित आफ्नै कोठामा परिवारका अरू कोही नभएको मौकामा आफ्नै बाबुले छोरीको संवेदनशील अङ्गमा छुने, समाउने गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बाबुले पटक पटक छोरीलाई कोठामा र एकान्त पाउने बित्तिकै त्यस्तै गतिविधि गरेको भन्दै १५ वर्षकी छोरीले ३१ वर्षका बाबुविरुद्ध प्रहरी वृत्त जगातीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरी हिजो शुक्रवार जिल्ला अदालत भक्तपुरका म्याद थप गर्दै कारबाही तथा अनुसन्धान अगाडि बढाएको छ ।