FLASH NEWS
  • Loading...

गुलाबी सहर

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७० पटक पढिएको
गुलाबी सहर

गुलाबी रङले सजिएका घर । सफा सहर । हरियाली पाखा–पखेरा । जनताप्रति उत्तरदायी जनप्रतिनिधि । त्यसैले स्याङ्जास्थित वालिङ नगरपालिकाको बेग्लै पहिचान बनेको छ । देशभर बन्न लागेका १२ स्मार्ट सिटीअन्तर्गत वालिङ पनि पर्छ । २ वर्षअघि २० वर्षे गुरुयोजना बनाएर अघि बढेको यस नगरपालिकाले स्मार्ट सिटीको काम सुरु गरिसकेको छ ।

नगरपालिकाका प्रमुख दिलीप प्रताप खाँडका अनुसार स्मार्ट सिटी बनाउने २० वर्षे योजना भएतापनि अबको ६ वर्षभित्र यसका आधारभूत कामहरु पूरा हुन्छन् । त्यतिबेलासम्म यहाँका सडक, बिल्डिङ, नदीनाला, घरहरु सबै स्मार्ट भइसक्ने उनको दाबी छ ।

तर, वालिङले हिजोआजै स्मार्टको छनक दिन थालिसकेको छ । वालिङ पुग्ने जो कोहीलाई पनि त्यहाँका गुलाबी रङमा सजिएका घरले मोहित बनाउँछ । त्यसो त जनप्रतिनिधि जनप्रेमी भएमा विकासको ढोका खुल्न धेरै समय नलाग्ने रहेछ भन्ने वालिङले प्रमाणित गरिदिएको छ । हामीले स्मार्ट बन्दै गरेको वालिङका केही तस्बिर प्रस्तुत गरेका छौं ।मेराेलाइफस्टाइल