- Loading...
बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी
- पुनहिल डट कम
- ३ साल अघि
- १९९ पटक पढिएको

म्याग्दीको बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी अन्तिम अवस्थामा पुगेको छ । एकसाता भित्र सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरणहरु जडान गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपैयाँ बजेटबाट उपकरण खरिद गरी सेवा सञ्चालन गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘यो सेवा म्याग्दीका लागि अतिनै आवश्यक हो’ , उनले भने,‘सेवा सञ्चालनमा आएपछि धेरै बिरामीले राहत महशुस गर्ने छन् । ’
विघठित प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा धौलागिरि गाउँपालिकालाई विनियोजन गरेको उक्त बजेट गाउँपालिकाले अस्पतालमा इन्डोस्कोपी मेसिन खरिद गर्न सहयोग गरेको अध्यक्ष कटुवालले बताए ।
अस्पतालमै सेवा सञ्चालन भएपछि इन्डोस्कोपी सेवा लिन पोखरा जानुपर्ने बाध्यता हट्ने अध्यक्ष कटुवालले जानकारी दिए । “सवै उपकरणहरु आइपुगेका छन्”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले भने, “एकहप्ता भित्र सेवा सञ्चालनको तयारी गरेका छौं । यो बेनी अस्पतालको नयाँ सेवा हो ।”
इन्डोस्कोपी सञ्चालनका लागि दक्ष जनशक्ति पनि भएकाले सेवा सञ्चालन गर्न कुनै कठिनाई नभएको उनले बताए । यस प्रविधिबाट अल्सर, क्यान्सर भएको समेत सहजै थाहा पाउन सकिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
