FLASH NEWS
  • Loading...

म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रम‌ण पुष्टि

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७५ पटक पढिएको
म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रम‌ण पुष्टि

विहिवार म्याग्दीमा थप ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला गाँउपालिकामा ३ जना गरी १२ जना पिसिआर विधिबाट र मंगला गाउँपालिकामा २७ जना , रघुगंगा गाउँपालिकामा ३ जना गरी ३० जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २५१४ जना पुगेको छ। (पिसिआरबाट १६६४ जना र एन्टिजेनबाट ८५० )  जिल्लामा १९० जना सक्रिय संक्रमित हुनुहुन्छ।

विहिवार ९ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन ।