FLASH NEWS
  • Loading...

बेनीमा कोरोना विरुद्धको खोप रेकर्ड र रिपोटिङ पूर्ण विधुतिय, खोप पाउन अनलाईन दर्ता अनिवार्य

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११० पटक पढिएको
बेनीमा कोरोना विरुद्धको खोप रेकर्ड र रिपोटिङ पूर्ण विधुतिय, खोप पाउन अनलाईन दर्ता अनिवार्य

बेनी नगरपालिकाले कोभिड–१९ रोग विरुद्धको खोपको रेकर्ड र रिपोटिङलाई पूर्ण विधुतिय सिस्टममा लगिने भएको छ ।
अव कोभिड–१९ विरुद्धको खोप लगाउन चाहने १८ बर्ष भन्दा बढी उमेरका बेनी नगरपालिकावासीले अनिवार्य अनलाईन दर्ता गरेको हुनु पर्ने छ ।
विश्व स्वास्थ्य संगठन/युएनडिपीको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकी प्रदेशमा नमुनाको रुपमा बेनी नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई पूर्णविधुतिय बनाउन लागेको हो ।
‘कोभिड–१९ रोग विरुद्धको खोपको रेकपिर्डङ र रिपोटिङ सिस्टमलाई ब्यवस्थित गर्न डिजिटलाईजेसन थालेका हौं’ स्वास्थ्य सेवा विभाग एकिकृत स्वास्थ्य तथा सूचना ब्यवस्थापनका सदस्य सचिव दिवाकर सापकोटाले भने, ‘अहिले नुमनाको रुपमा देशका महानगर, उपमहानगर, नगर र गाउँपालिका गरी सात प्रदेश समेटेर सात स्थानीय तहमा विधुतिय बनाउन लागेका हौं । विस्तारै सवै स्थानीय तहमा लागु हुने छ ।’
कोभिड–१९ रोग विरुद्धको खोप कार्यक्रमलाई पूर्ण विधुतिय गराउन हरेक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र स्वए सेवकहरु परिचालन गरी अनलाईन फारम भर्न लगाउने र नसक्नेको आफैले अनलईन फारम भनि दिने ब्यवस्था मिलाईएको छ । यस अघि कोरोना रोग विरुद्धको खोप लगाई सकेका ब्यक्तिहरुको अभिलेख पनि खोपको विधुतिय अभिलेखमा प्रविष्ट गराईने भएको छ ।


‘बेनी नगरपालिकाले कोभिड–१९ रोग विरुद्धको खोप कार्यक्रमलाई पूर्ण विधुतिय अभिलेखिकरण कार्यक्रमले नगरक्षेत्रमा कुल खोप पाउने जनसंख्या, उमेरगत जनसंख्याको एकिन तथ्याङ्क समेत प्राप्त हुने छ । खोपको रेकर्ड र रिपोटिङ सिस्टममा पनि योगदान पुग्ने छ’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘हामी स्वास्थ्यकर्मी, स्वयं सेवक र सर्वसाधारण सवैले आफुले पनि अनलाईन फारम भरौं, इन्टरनेटको पहुँच नहुने र सीप नभएकाको पनि फारम भरौं ।’
कोरोना रोग विरुद्धको प्रि अनलाईन फारम भरेपछि लाभग्राहीले एउटा युनिक कोड नम्बर पाउने छन । सरकारले उमेर समुह अनुसार गराउने अभियानमा खोप लगाउन आउँदो सोही कोड नम्बर लिएर आउनु पर्ने छ ।
विश्वभरका देशहरुले आ–आफ्नो देशमा आउने पर्यटक, कामदारलाई अनिवार्य खोप लगाएको प्रमाण माग्न थालेपछि खोपको अनलाईन रेकर्डले अध्यागमनमा पनि सहज हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘कोभिड–१९ रोग विरुद्ध जारी खोप अभियानमा लक्षित समुहले भन्दा अन्यले खोप लगाउने गरेको गुनासा आएका छन । खोपको दुरुपयोग भएकोले पनि खोपको रेकर्ड र रिपोटिङलाई पूर्ण विधुतिय बनाउन आवश्यक छ’ विश्व स्वास्थ्य संगठनका डा.रामु शर्माले भने, ‘पूर्ण विधुतिय भएपछि विदेश जाँदा अध्यागमन र विश्वभर जहाँ गएपनि आफ्नो युनिक कोड नम्बर देखाएपनि सहज हुने छ ।’