FLASH NEWS
  • Loading...

पहिरोले पोखरे–चित्रे सडक क्षतविक्षत

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९७ पटक पढिएको
पहिरोले पोखरे–चित्रे सडक क्षतविक्षत

पर्यटकीय वस्ती घोडेपानीलाई सडक मार्गले जोड्ने पोखरे–घार–चित्रे सडकको विभिन्न खण्डमा गएको पहिरोले क्षतविक्षत भएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित सडक अन्र्तगत अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरे– चित्रे १८.५ किलोमिटर सडकको घारको हल्लेखर्क क्षेत्रमा पहिरोले सडक भासिएको छ । त्यसैगरी खिवाङ–चित्रे खण्डको विभिन्न स्थानमा पनि जमिन नै बगेपछि सडक भासिएको हो ।
‘जमिन पुरै बगेपछि सडक पनि भासिएको छ । ढलान गरेको भाग माथी उठेको र केही दविएको छ । यातायात अवरुद्ध भएको छ’ स्थानीय विरेन पुनले बताए ।


पोखरे–चित्रेसम्मको १८.५ किलोमिटर ग्रामिण कच्ची सडकको स्तर उन्नत गरी कालोपत्रे गर्न वेस तथा सव वेस विच्छाउने काम हुँदै थियो । सडक कालोपत्रे गर्न मोतिदान/जयमाता जेभीले मुल्यअभिवृद्धि करसहित २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको हो ।
सम्झौता १८.५ किमी सडक कालोपत्रे गर्ने उल्लेख भएपनि आयोजनाले समय–समयमा डिजाईन रिभाईजगरी ४.३ किमी ढुङ्गाको सोलिङ, २.३ किमी आरसिसि ढलान र बाँकी ११.५ किमी कालोपत्रे गर्ने भनेको थियो ।

तस्वीर : विरेन पुनको फेसवुकबाट