FLASH NEWS
  • Loading...

थुनिएको गुर्जा खोलाको अवस्था जोखिममुक्त, डराउनु पर्दैन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३५ पटक पढिएको
थुनिएको गुर्जा खोलाको अवस्था जोखिममुक्त, डराउनु पर्दैन

धवालागिरी गाउँपालिका वडा नं १ गुर्जा र ४ मुदीको विचमा पर्ने खास्का भन्ने स्थानमा पहिरो गै शनिवार विहानदेखी थुनिएको गुर्जाखोलाबाट पानीले सहज निकास पाएकोले अवस्था सामान्य बनेको छ ।
गुर्जाखोला थुनिएको पहिरोस्थल पुगेका धवलागिरी गाउँपालिका, १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार पहिरोले थुनिएको गुर्जाखोलामा ताल परेको देखिएको भएपनि पानी छेउबाट सहज बगेकोले बाढीको जोखिम छैन ।


‘म घट्नास्थल पुगेर फर्कें । पहिरो झरेर गहिरो खोंच परेको स्थानमा पहिरो झरेर गुर्जाखोला थुनिएको रहेछ । अहिले पानीले सहज निकास निकालेको छ । ताल फुटेर बाढीको जोखिम देखिदैन’ वडाध्यक्ष छन्त्यालले पहिरोस्थलको फोटा र भिडियो पठाउँदै अवस्थाको जानकारी गराएका हुन ।
चुरेन र गुर्जा हिमालबाट झर्ने गुर्जााखोला गुर्जा गाउँदेखी कम्तीमा २ घन्टा तल खास्का भन्ने स्थानमा शनिवार दिउँसो पहिरो गुर्जाखोला थुनिएको थियो
तस्वीर : म्याग्दी जिल्लाको दुर्गम धवलागिरी गापा, १ गुर्जा र ४ मुदी गाउँको विचमा पर्ने खास्का स्थित पहिरोले थुनिएको गुर्जाखोलाको पछिल्लो अवस्था । थुनिएर ताल परेको खोलाले सहज निकास लिएकोले बाढीको जोखिम छैन । तस्वीर सौजन्य : झकबहादुर छन्त्याल