FLASH NEWS
  • Loading...

पहिरोको पन्छ्याउन नमान्ने इन्जिनियर र सुपरभाईजर पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३७ पटक पढिएको
पहिरोको पन्छ्याउन नमान्ने इन्जिनियर र सुपरभाईजर पक्राउ

बेनीदेखी तीन किलोमिटर उत्तर रघुगंगा गाउँपालिका, ३ पिप्लेमा पर्ने गलेश्वर स्थित बेनी–जोमसोम सडकमा झरेको पहिरोले अवरुद्ध यातायात संञ्चालन गर्न नमानेपछि प्रहरीले निर्माण ब्यवसायीलाई नियन्त्रणमा लिएको छ ।
पहिरोले अवरुद्ध यातायात सुचारु गरी एम्बुलेन्स समेत सवारी साधन, बटुवा, यात्रु र अत्यावसेक सामाग्री ढुवानीमा अवरोध पुगेको र पहिरो पन्छ्याउन भनिएकोमा अटेरी गरेपछि बेनी–जोमसोम सडकको सो खण्ड निर्माणमा संलग्न निर्माण कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका इन्जिनियर सन्चित देव र सुपरभाईजर आषिस नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पहिलोमा जमेको हिलो सडकमा सवारी साधन फस्ने र सडक निर्माण ब्यवसायी समेतको मिलेमतोमा स्काभेटर र ट्याक्टर प्रयोग गरी फसेका सवारी साधन २ हजार शुल्क लिएर तार्ने गरेका थिए ।
पहिरो पार गरेको महंगो शुल्क तिर्नु परेको भन्ने यात्रु र यातायात ब्यवसायीले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायव उपरिक्षक श्यामकुमार राई समेत चार वटै सुरक्षा निकायका अधिकारीहरु पहिरोग्रस्त क्षेत्रमा पुगेका थिए ।
स्काभेटर र ट्याक्टरले पहिरोग्रस्त क्षेत्रमा फसेका गाडीलाई टुचिनले तानेर पार गराएको महंगो शुल्क असुली भैरहेको भेटिएपछि प्रजिअले सडक निर्माणको ठेकेदार कम्पनीका कर्मचारीलाई डोजर ल्याई पहिरोको हिलोमाटो फालेर सवारी अवरोध हटाउन आग्रह गरेका थिए । तर निर्माण ब्यवसायी कम्पनिका प्रतिनिधीहरुले डोजर नभएको, लोडर नभएको, इन्धन नभएको जस्ता कारण देखाई काम गर्न इन्कार गरेपछि उनीहरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
‘निर्माण ब्यवसायी कम्पनी र उसका प्रतिनिधीहरु प्रति स्थानीय र पहिरोले गन्तब्य जानबाट रोकिएका आक्रोशित यात्रुहरु सुरक्षित गर्न र काममा जिम्मेवार बन्न अटेरी गरेकोले कारवार्ही पनि गर्ने गरी ठेकदार कम्पनीका दुई जना प्रतिनिधीलाई नियन्त्रणमा लिएका हौं’ जिल्ला प्रहरी प्रमुख श्यामकुमार राईले भने, ‘प्रमुख जिल्ला अधिकारी समेत सुरक्षा अधिकारीहरुको अगाडी महंगो शुल्क असुली गरी हेभी इक्युपमेन्टले टुचिन लगाई सवारी पास गराउने गरेको पनि भेटियो ।’