FLASH NEWS
  • Loading...

मनसुन थप सक्रिय : तीन दिन धेरै वर्षा हुने, पूर्वसूचना प्रणाली कति प्रभावकारी?

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५७ पटक पढिएको
मनसुन थप सक्रिय : तीन दिन धेरै वर्षा हुने, पूर्वसूचना प्रणाली कति प्रभावकारी?

नेपालका पाँच वटा प्रदेशका विभिन्न भागमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म धेरै स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बुधवार दिउँसो र राति अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको हो। बिहीवार यी प्रदेशका अलि बढी अत्यधिक वर्षाको सम्भावना रहेको विभागकी मौसमविद् सजिना शाक्यले  बताइन्।

“उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ।दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,” मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ।

यो वर्ष मनसुनमा विगतका वर्षभन्दा धेरै पानी पर्ने अनुमान गरिएका कारण जोखिम पनि धेरै रहेको बताइन्छ।

अब हुने अत्यधिक वर्षाका कारण थुप्रै क्षेत्रहरू जोखिममा रहेको मौसमविद् शाक्यले बताइन्।

प्राधिकरणका अनुसार वाग्मती प्रदेशका सात वटै जिल्ला र कर्णाली र गण्डकी प्रदेशका पहाडी जिल्लाहरू बढी जोखिममा छन्।

पूर्वसूचना प्रणाली

प्राधिकरणका प्रमुख अनिल पोखरेलले उच्च जोखिम रहेका जिल्लामा सावधानी अपनाउन भनिसकिएको र स्थानीय तहमार्फत वर्षा र जोखिमको जानकारी दिने व्यवस्था मिलाइएको बताएका छन्।

बेलायत सरकारको प्राविधिक सहयोगमा मौसम पूर्वानुमान महाशाखा र प्राधिकरणका कर्मचारीहरूले करिब एक वर्षको गृहकार्यपछि पूर्वसूचना प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर यो वर्ष अभ्यास थालिएको उनले बताए।

विपद्का क्षेत्रमा काम गर्न विभिन्न निकायको सहायतामा स्थानीय तहले प्रभावित क्षेत्रका मानिसहरूलाई विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत पनि सम्भावित जोखिमको जानकारी दिने उनले बताए।

जोखिम रहेका यी क्षेत्रमा पूर्व सूचना दिनेबारे प्रदेश स्तर र स्थानीय तहसम्म छलफल भइसकेको प्राधिकरणले जनाएको छ।

 

प्राधिकरणका प्राविधिक उपसचिव राजेन्द्र शर्माले भने, “जोखिमयुक्त पालिकाहरूमा यी क्षेत्र जोखिममा छ है पहिरोको हिसाबले सचेत रहनुहोला भन्ने खालको र प्रत्येक दिन पालिकाहरूलाई प्रत्येक दिन सूचना सम्प्रेषण गर्ने काम सुरु गरेका छौँ।”

“मौसम पूर्वानुमान प्रणालीलाई थप चुस्त बनाउनुपर्नेछ। जोखिमको जानकारी त्यसैमा भर पर्छ।”

“रडारलगायत प्रणाली जडान गर्नु पर्नेछ र त्यसका लागि आवश्यक जनशक्तिको पनि खाँचो छ।”