FLASH NEWS
  • Loading...

बुधवारदेखी यी प्रदेशमा भारी/धेरै भारी वर्षाको संभावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०२ पटक पढिएको
बुधवारदेखी यी प्रदेशमा भारी/धेरै भारी वर्षाको संभावना

बुधबारबाट  मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले  मनसुन सक्रिय भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा  भारी /धेरै भारी वर्षाको सम्भावना रहेको छ  । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज विशेष वुलेटिन प्रकाशित गरी गराएको हो ।

२०७८ असार १५ गते (मंगलबार)

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

२०७८ असार १६ गते (बुधबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका   थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

२०७८ असार १७ गते (बिहीबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा  भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको छ  ।