- Loading...
‘जबज’ विचारमा एक ठाउँ, राजनीतिमा ध्रुवीकृत
- पुनहिल डट कम
- ३ साल अघि
- १३१ पटक पढिएको

पञ्चायती व्यवस्थाविरुद्ध युवा कम्युनिष्टले चार दशकअघि चलाएको ‘झापा विद्रोह’ देखि अहिलेसम्मका अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनले धेरै आरोहअवरोह पार गरिसकेको छ । मुलुकमा हिंसात्मक बाटाबाट होइन, शान्तिपूर्ण जनक्रान्तिबाट जनताका परिवर्तनका आकाङ्क्षा पूर्ति गर्न सकिन्छ भन्ने व्यवहारतः सिद्ध भइसकेको छ ।
‘जबज’ को कार्यक्रमलाई साझा विचार मानिए पनि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग माधवकुमार नेपाल–झलनाथ खनालसहित नेताहरु एकै पार्टीमा रहिरहन सक्ने हो होइन भन्ने प्रश्नबीच सोमबार जननेता भण्डारीको ७० औँ जन्मजयन्ती मनाइँदै छ ।
कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक दिशामा अग्रसर गराउन निर्णायक विचार मानिने ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ का प्रणेता भण्डारीले लोकप्रिय बनाएको पार्टी नेकपा (एमाले) यतिबेला उक्त विचारको मुख्य उत्तराधिकार शक्ति भए पनि राष्ट्रिय राजनीतिक स्थितिमा फुट र विभाजनको आशङ्कामा छ ।
विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्त रहेको छ । एमाले नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकतापछि पनि जबजकै मूलभूत सिद्धान्तसँग मेला खाने गरी ‘जनताको जनवाद’ को अन्तरिम वैचारिक नीति तय गरिएको थियो ।
जबजका विशेषता संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवाधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, राष्ट्रिय शर्तमा विदेशी पूँजी र प्रविधिको उपयोग, शोषितपीडितलाई क्षतिपूर्तिलगायत आयामलाई नेपालको संविधानले समेटेको छ भने दलहरुका चुनावी घोषणापत्र पनि यी विषयबाट टाढा छैनन् । तथापि भण्डारीका विचारलाई माने पनि कम्युनिष्ट शक्ति एउटै मोर्चामा कटिबद्ध हुन सकेका छैनन्, जसले गर्दा मुलुकमा स्थिरता र समृद्धिको यात्रामा बाधा उत्पन्न भइरहेको छ ।
जीवराज आश्रित र मोदनाथ प्रश्रितसँगको सम्पर्क हुँदै भण्डारी पुष्पलाल नेतृत्वको नेकपामा जोडिई पछि त्यस समूहसँगको मनमुटावपछि झापा विद्रोहको ‘कोअर्डिनेशन केन्द्र’मा समाहित भएका थिए । उक्त केन्द्र नेकपा (माले) हुँदै २०४७ सालमा मनमोहन अधिकारी नेतृत्वको नेकपा (माक्र्सवादी) सँगको एकतापछि नेकपा (एमाले) निर्माण भएको थियो । विसं २०४६ को जनान्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता भण्डारीले २०४७ सालको संविधानमाथि नेकपा (माले)का तर्फबाट प्रस्तुत गरेको आलोचनात्मक समर्थनका २७ बुँदालाई एमालेले निरन्तर उठाउँदै आएको थियो । त्यसकै जगमा लोकतान्त्रिक आन्दोलनबाट मुलुकका गणतन्त्र स्थापना भएको छ ।
तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई विसं २०४८ को निर्वाचनमा पराजित गर्दै काठमाडौँका दुई स्थानबाट विजय हासिल गर्ने भण्डारीप्रति लक्ष्य गर्दै ‘न्युजविक’ले लेखेको थियो, नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन् । उनको अवसानपछि एमाले २०५१ सालको मध्यावधि निर्वाचनमा सर्वाधिक सिट हासिल गर्दै पहिलो कम्युनिष्ट सरकार सञ्चालन गर्न सफल भएको थियो भने २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनबाट दुई तिहाइ नजीकको स्थितिमा पुगेको थियो ।
यसबीचमा नेकपामा विभाजन आएपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पमा अवरोध हुने देखिएको छ । मदन–आश्रित स्मृति दिवसको अवसर २०७५ जेठ ३ गते एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा बनेकामा २०७७ फागुन २३ गते सर्वोच्च अदालतको निर्णयले नेकपालाई वैधता नदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत् रुपमा अलगअलग भएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
