- Loading...
कति कमाउँदा राज्यलाई कति कर तिर्नुपर्छ? यस्तो छ सरकारले निर्धारण गरेको नयाँ आयकर दर
- पुनहिल डट कम
- ३ साल अघि
- १३१ पटक पढिएको

साउन १ बाट लागू हुने
व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनुपर्छ। जानाजान वा अनजानमा तपाईँले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ।
सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ। व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट सङ्कलन गर्दै आएको छ।
सोहीअनुरूप सरकारले पनि आर्थिक वर्ष २०७८/०७९ का लागि आयकरको दर निर्धारण गरिसकेको छ। निर्धारण भएको कर साउन १ गतेबाट मात्रै लागू हुनेछ।
अविवाहितको हकमा (वार्षिक) लाग्ने आयकर
वार्षिक रु ४ लाख रुपैयाँसम्म कमाई गर्ने व्यक्तिको हकमा : १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ
वार्षिक आम्दानी ४ लाख भन्दा बढी तर ५ लाख रुपैयाँ भन्दा कम भएको खण्डमा : सुरुको ४ लाखको १ प्रतिशत र बाँकी रहेको १ लाखको १० प्रतिशतका दरले बढीमा १४ हजार रुपैयाँ सम्म
५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा : सुरुको ४ लाखको १ प्रतिशतले ४ हजार त्यसपछिको १ लाखको १० प्रतिशतका दरले १० हजार र बाँकी रहेको २ लाखको २० प्रतिशतको दरले ४० हजार गरी ५४ हजार रुपैयाँसम्म
७ लाखदेखि २० लाख रुपैयाँसम्मको हकमा : ७ लाख रुपैयाँको यस अगाडी हिसाब गरेजस्तै ५४ हजार रुपैयाँ र बाकी रहेको १३ लाखको ३० प्रतिशतका दरले ३ लाख ९० हजार गरी कूल ४ लाख ४४ हजार रुपैयाँसम्म
२० लाखभन्दा बढी आम्दानीको हकमा : २० लाख रुपैयाँसम्म यस अगाडी हिसाब गरिएजस्तै ४ लाख ४४ हजार रुपैयाँ र त्यसभन्दा माथिको रकममा ३६ प्रतिशतका दरले कर ।
विवाहितका हकमा
वार्षिक रु ४ लाख ५० हजार रुपैयाँसम्म कमाई गर्ने व्यक्तिको हकमा १ प्रतिशतको दरमा ४ हजार ५ सय रुपैयाँ
वार्षिक आम्दानी ४ लाख ५० हजार भन्दा बढी तर ५ लाख ५० हजार रुपैयाँ भन्दा कम भएको खण्डमा : सुरुको ४ लाख ५० हजार को १ प्रतिशत र बाँकी रहेको १ लाखको १० प्रतिशतका दरले बढीमा १४ हजार ५ सय रुपैयाँ सम्म
५ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० रुपैयाँसम्मको हकमा : सुरुको ४ लाख ५० हजार को १ प्रतिशतले ४ हजार ५ सय त्यसपछिको १ लाखको १० दरले १० हजार र बाँकी रहेको २ लाखको २० प्रतिशतको दरले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँसम्म
७ लाख ५० हजार रुपैयाँ देखि २० लाख रुपैयाँसम्मको हकमा : ७ लाख ५० हजार रुपैयाँको यस अगाडी हिसाब गरेजस्तै ५४ हजार ५ सय रुपैयाँ र बाकी रहेको १२ लाख ५० हजार को ३० प्रतिशतका दरले ३ लाख ७५ हजार गरी कूल ४ लाख २९ हजार ५ सय रुपैयाँसम्म
२० लाखभन्दा बढी आम्दानीको हकमा : २० लाख रुपैयाँसम्म यस अगाडी हिसाब गरिएजस्तै ४ लाख २९ हजार ५ सय त्यसभन्दा माथिको रकममा ३६ प्रतिशतका दरले कर ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
