FLASH NEWS
  • Loading...

म्याग्दीका २१ हजार २ सय ४६ जना विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दै, अनलाईनबाटै विद्यार्थी भर्ना गर्दै विद्यालय

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७६ पटक पढिएको
म्याग्दीका २१ हजार २ सय ४६ जना विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दै, अनलाईनबाटै विद्यार्थी भर्ना गर्दै विद्यालय

असार १ गतेबाट विद्यालयहरुले स्वास्थ्य सुरक्षा अपनाई वा अनलाईन तथा वैकल्पिक विधी अपनाएर विद्यार्थी भर्ना सुरु गरेका छन । भर्ना अभियान सुरु भएसगै जिल्लाका प्राय: सवै सामुदायीक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लाका २ सय ३२ विद्यालयमा अध्ययनरत गर्ने २१ हजार २ सय ४६ जना विद्यार्थी अध्ययनरत छन । तीमध्य कक्षा १–५ मा १० हजार ८ सय ७९ जना, कक्षा ६–८ मा ६ हजार १ सय ३३ जना र कक्षा ९–१० मा ४ हजार २ सय ३४ जना विद्यार्थी छन ।

‘लकडाउनका समयमा पनि ब्यवसायीलाई पुस्तक ल्याउन सहिजीकरण गरिएकोले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुऱ्याउन सजिलो भयो’ शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले भने, ‘स्वास्थ्य सुरक्षालाई ख्याल गरी भौतिक वा इन्टरनेट समेत वैकल्पिक विधीबाट समेत विद्यार्थी भर्ना गरी यथासंभव अनलाईन समेत वैकल्पिक विधीबाट पठन पाठन सुरु गर्न स्थानीय तहसँग सहकार्य गरेका छौं ।’

सवै सामुदायीक विद्यालय सम्म पाठ्य पुस्तक पुरयान साझा प्रकाशनको डिपो संञ्चालन गरेको पुस्तक तथा स्टेसनरी ब्यवसायी संघ म्याग्दीले सदरमुकाम रहेको बेनी नगरपालिकाका केही विद्यालय बाहेक दुर्गमका सवै गाउँपालिका केन्द्रसम्म पुस्तक पुऱ्याएको दावी गरेको छ ।

‘जिल्लाका दुर्गम धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकाका एकाध वाहेक सवै विद्यालयमै पाठ्यपुस्तक पुऱ्याएका छौं । बेनी नगरसमेत नजिकका विद्यालयमा यो साता भित्र पाठ्यपुस्तक पुऱ्याउँछौं’ पुस्तक ब्यवसायी लिलाराम गौतमले भने, ‘अन्नपूर्ण गाउँपालिका भित्रका विद्यालयमा गणित र विज्ञान कम्तीमा र १–५ मा अँग्रेजी माध्यमका पाठ्यपुस्तक पढाउने भएकोले त्यहाँका विद्यालयमा सेटमा पुस्तक छैन, बाहेक सवै पुस्तक पुगेका छन ।’

पूर्ण स्वास्थ्य सावधानीसाथ सूचना प्रविधीका वैकल्पिक उपाय अवलम्बनगरी भर्ना अभियना सुरु गरिएको सामुदायीक विद्यालयहरुले जनाएका छन । तर कोरोनाको दोस्रो लहर फैलिएसँग गरिएको निषेधज्ञापछि सहरबाट गाउँ फर्केका विद्यार्थी भने सहज इन्टरनेटको पहुँच नहुँदा भर्ना हुन सकेका छैनन ।

‘विद्यालय खोलेर भर्ना गरिरहेका छौं । अध्ययन/अध्यापन कहिलेदेखी कसरी गर्ने टुङ्गो भएको छैन’ अन्नपूर्ण गाउँपालिका, ६ घार स्थित मुक्तिमार्ग माध्यामिक विद्यालयका प्रधानध्यापक ठकराज वरुवालले भने, ‘एक दुई वटा विषयका बाहेक सवै पाठ्य पुस्तक आई पुगेको छ ।’

त्यसैविच सदरमुकाम बेनीका सामुदायीक तथा संस्थागत विद्यालयहरुले त अनलाईनबाट अध्यापन समेत सुरु गरेको जनाएका छन । लामो समयदेखी विद्यालय वन्द भै विद्यार्थी घरमै रहेकाले अभिभावक पनि सकेसम्म वैकल्पिक विधीबाटै भएपनि पठनपाठन सुरु गराउन चाहन्छन ।