FLASH NEWS
  • Loading...

कोरोना संक्रमण फैलिएपछि कुहुँ–पूर्णगाउँ १० दिन ‘सील’

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail

समुदाय स्तरमा कोरोना संक्रमण ह्वात्तै फैलिएपछि मंगला गाउँपालिका, १ कुहुँ र पूर्णगाउँलाई कम्तीमा १० दिन (असार १३ देखी २३ गतेसम्म) आवत–जावत वन्द ‘सील’ गरिएको छ ।
गाउँपालिकाले आईतवार गरेका एन्टिजीन विधीबाट परिक्षण गर्दा वडाध्यक्ष, कर्मचारी समेत ३९ जनामा कोरोना पुष्टी भएपछि मंगला गाउँपालिकाले कुहुँ–पूर्ण गाउँ क्षेत्रलाई पूर्णरुपमा ‘सील’ गरेको हो । शनिवार पनि मंगला गाउँपालिका, १ मा एन्टीजिन विधीबाट परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
खेतीवाली लगाउने असारको चटारो विच एउटै गुचुमुच्च परेको वस्तीमा संक्रमण फैलिएपछि गाउँपालिकाले आईतवार सूचना प्रकाशित गरी वडावासीलाई घर/टोल छोडेर बाहिर जान र बाहिरबाट प्रवेस गर्न रोक लगाईएको उल्लोख गरेको छ ।
‘वडा कार्यालय, वित्तिय संस्था तथा सवै खाले कार्यालयहरु बन्द, औषधी लिएर आएको स्वास्थ्यकर्मीको सवारी बाहेक अन्य सवैखाले निजी तथा ढुवानीका साधनलाई पनि गाउँ पस्न र छोड्न निषेध गरिएको उल्लेख छ’ गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले भने, ‘वस्ती भित्रपनि एक–अर्को घरमा आवतजावत नगर्न पनि आग्रह गरेका छौं ।’