- Loading...
काँग्रेस महाविधेशनः पुराना गुट भत्किँदै
- पुनहिल डट कम
- ३ साल अघि
- २८९ पटक पढिएको

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा भावी नेतृत्वका लागि नेताहरुबीच छलफलले तिब्रता पाएको छ।
सभापति शेरबहादुर देउवाले सातै प्रदेशका आफू निकट नेताहरुसँग छलफल सकेका छन् भने वरिष्ठ नेता पौडेलले शुक्रबारमात्र आफू निकट नेताहरुसँग सुझाव मागे। उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच दुई पटक छलफल भइसकेको छ। तेस्रो पटक छलफल सिंह निवासमा गर्ने तय भएको छ। भदाै १६ देखि १९ सम्म महाधिवेशन हुँदैछ।
काँग्रेसमा भइरहेका पछिल्ला यी छलफलहरुले काँग्रेसलाई रुपान्तरण गर्ने मुद्दा जबरजस्त रुपमा अगाडि आउने देखिएको छ। काँग्रेसमा १३ औं महाधिवेशनपछि तीनवटा गुट सक्रिय छन्। सभापति देउवा नेतृत्वको गुट, वरिष्ठ नेता पौडेल अगुवाईको गुट र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको गुट। १३ औं महाधिवेशनपछि पर्दामा देखिएका यी गुट अहिलेसम्म सक्रिय देखिए पनि महाधिवेशनको मिति नजिकिएसँगै भत्किने संकेतहरु पनि देखिएका छन्।
देउवा, र पौडेल दुबैले गरेका आफू निकट छलफलहरुमा एउटा कुरा समानता देखिएको छ। त्यो हो, देउवा र पौडेलको विकल्पमा जाने सुझाव। विद्यार्थी राजनीतिदेखि नै देउवासँग निकट रहेका उपसभापति विमलेन्द्र निधिले आफू सभापति लड्ने भन्दै देउवाको सहयोग बुढानिलकण्ठ बैठकमै मागे। जबकी त्यो बैठकमा देउवाले आफू सभापति लड्ने भन्दै सहयोग गर्न बोलाएका थिए। देउवाले बोलाएकै बैठकमा निधिले आफू उम्मेदवार बन्ने बताएर देउवा गुटमा पनि देउवाको विकल्पको खोजी भएको सन्देश निधिले दिएका छन्।
शुक्रबार दियालो होटलमा भएको पौडेल निकट नेताहरुको भेलामा पनि पौडेलले आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोग मागे। तर, उनी निकट नेताहरुले सहयोग गर्ने स्पष्ट बचन दिएनन्। बरु विकलपका लागि तयार रहन सुझाए। र आफूखुशी उम्मेदवारी घोषणा गर्नुभन्दा टिम बनाएर आउन सुझाव दिए।
शुक्रबारको बैठकबारे जानकारी दिँदै केन्द्रीय सदस्य गुरुराज घिमिरेले डिसी नेपालसँग भनेका छन्, ‘हामीले उहाँलाई (पौडेल) २ वटा विकल्प दिएका छौं। एक आफ्नो नेतृत्वमा सबैलाई समेटेर सहमतिका साथ टिम बनाउने, दुई आफू अभिभावक भएर अरुलाई उम्मेदवार बनाउने।’
उता देउवा गुटमा पनि निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिको आकांक्षा देखाएपछि देउवाको विकल्पको खोजी भएको देखिएको छ भने पौडेल समूहमा त सभापतिका आधा दर्जनभन्दा धेरै आकांक्षी छन्।
त्यसैले अहिले काँग्रेसमा देउवा र पौडेलको विकल्पको खोजी भएको चर्चा हुन थालेको छ। दुबै गुटमा अगुवाको विकल्पको खोजी भएपछि पुरानो गुट भत्किने संकेतहरु देखिएका छन्। सिटौला निकट मानिएका केन्द्रीय सदस्य प्रदीप पौडेलले परम्परागत गुट भत्किने र आवश्यकता अनुसार नयाँ गुट बन्ने बताएका छन्। उनले अब १३ औं महाधिवेशनको अवस्थाभन्दा परिस्थिति निकै फरक बनिसकेको उनको भनाइ छ।
पौडेलको भनाइलाई केन्द्रीय सदस्य घिमिरेको भनाइले पनि बल मिलेको छ। उनले डिसी नेपालसँग भनेका छन्, ‘यदि वरिष्ठ नेताले हामीले दिएका दुबे विकल्प अनुसार काम गर्न सक्नु भएन भने हामी युवा नेताहरु आआफ्नो तरिकाले अगाडि बढ्छौं पनि भनेका छौं।’ पौडेलले टिम बनाउँदा युवाहरुलाई नसमेटे र सहमतिमा टिम नबने अहिले पौडेल निकट रहेका युवा नेताहरु सो समूहमा नरहने उनको संकेत हो।
पुत्रत्रयकाे हिचमिच
काँग्रेस संस्थापक वीपी, गणेशमान र महेन्द्रनारायाणका तीन पत्र शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच पछिल्ला दिनहरुमा हिचमिच बढेको छ। यी तीन नेताबीच दुई पटक लन्च मिटिंग भइसकेको छ। तेस्रो लन्च मिटिंगको स्थान पनि तय भइसकेको छ। यी तीन नेतासँग विरासत पनि छ नेतृत्व कौशल पनि छ र संगठनमा पकड पनि छ। निधि विद्यार्थी जीवनदेखि लगातार सक्रिय हुँदै पार्टीको उपसभापति बनेका छन् भने सिंह निर्वाचित पूर्वमहामन्त्री हुन्, कोइराला १३ औं महाधिवेशनका निर्वाचित महामन्त्री।
यी तीन नेताबीचको मिटिंगले काँग्रेसको स्थापनाकालीन लोकप्रियता फर्काउने भन्दै काँग्रेस नेताहरु उत्साहित बनेका छन्। तर, अहिलेसम्म यो मिटिंगले कस्तो आकार लिन्छ भन्ने स्वरुप भने देखिसकेको छैन। तर, तीनै जनाले आफूहरुबीच सहमति हुने बताएका छन्।
कोइराला निवास महाराजगञ्जमा भएको लन्च मिटिंगपछि पत्रकारहरुसँग कुरा गर्दै तीनैजनाले आफूहरुबीच सहमति हुने दावी गरेका थिए। अर्को महत्वपूर्ण सभापतिका तीनै अकांक्षी नेताले सहमतिअनुसार को कुन पदमा उम्मेदवार हुने टुंगो लाग्ने बताएका थिए। यदि पुत्रत्रय एक टिम बनाउन सफल भए भने यसले काँग्रेसका सबै पुराना गुटलाई भत्काएर नयाँ जबरजस्त गुट निर्माण हुनेछ। तर, निधिले भने यसले गुट निर्माण गर्ने नभई भत्काउने बताएका थिए। उनले भनेका थिए, ‘म फरक गुटको, उहाँहरु फरक गुटको, अहिले एकै ठाउँमा आएपछि गुट भत्किएन त?’
देउवालाई कसले टक्कर दिने
काँग्रेसमा हाल देउवा, पौडेल, निधि, सिंह, शशांक, शेखर कोइराला, सुुजाता कोइराला, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला र कल्याण गुरुङ सभापतिका आकांक्षी देखिएका छन्। महाधिवेशनमा पहिलो चरणको चुनावमा आधा दर्जन उम्मेदवार हुन सक्ने काँग्रेस नेताहरुकै विश्वास छ। काँग्रेसको विधान अनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ। त्यसैले पहिलो चरणमा कसैले ५० प्रतिशत मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिष्पर्धा हुन्छ।
आधा दर्जन उम्मेदवार भए अहिलेको अवस्था अनुसार कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत ल्याउने अवस्था देखिँदैन। तर, देउवा सबैभन्दा बढी मत ल्याउन सफल हुने देखिन्छ। किनकी उनको समूहमा रहका निधि र श्रेष्ठले बाहेक सबैले सभापतिमा देउवालाई सहयोग गर्ने बचन दिइसकेका छन्। अन्तिममा श्रेष्ठले पनि देउवालाई सहयोग गर्ने आकलन छ। त्यसैले देउवाले सबैभन्दा धेरे मत ल्याउने आकलन छ।
अब देउवा इतर समूहबाट धेरै उम्मेदवार भए भने कसलो दोस्रो स्थानमा मत प्राप्त गर्छ त्यो भने अहिले आकलन गर्न सकिने अवस्था बनेको छैन। निधि, सिंह र कोइरालाको टिम बनेमा यही टिमको उम्मेदवारले देउवालाई टक्कर दिनसक्ने भने अनुमान गर्न सकिन्छ। तर, यो टिम कसरी अगाडि बढ्छ त्यसका लागि केही समय पर्खिनुपर्ने हुन्छ। dcnepal.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
