FLASH NEWS
  • Loading...

शनिवार म्याग्दीमा ३३ जना संक्रमित थपिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८३ पटक पढिएको
शनिवार म्याग्दीमा ३३ जना संक्रमित थपिए

|Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.

म्याग्दीमा शनिवार ३३ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य कार्यालयका अनुसार शनिवार सर्वाधिक धेरै मंगला गाउँपालिकामा २८ जना, रघुगंगामा १ जना र अन्नपूर्ण गापामा ४ जनामा एन्टीजिन विधीबाट कोरोना संक्रमण देखिएको हो । एक सातामा संक्रमितको संख्या भन्दा शनिवार थपिएको संक्रमणको यो अत्यधिक संख्या हो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार हिजो शुक्रवार १३ जना, विहिवार १ जना, बुधवार ८ जना मंगलवार १० जनामा संक्रमण देखिएको थियो ।
धान रोपाई, कोदो रोपाई समेत खेतीवाली लगाउने र लेकाली वस्तीमा आलुवाली थन्काउने समेतका कषी कर्म गर्दा र मनसुनजन्य विपदका वेला पनि संक्रामक महामारी कोरोना भाईरस संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र संक्रमितले आईसोलेसनमा रहन जरुरी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।