FLASH NEWS
  • Loading...

म्याग्दीमा चार जनामा भेटियो डेंगु

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४२ पटक पढिएको
म्याग्दीमा चार जनामा भेटियो डेंगु

कोरोना संक्रमणको आशंकामा बेनी अस्पतालमा उपचार गर्न आएका चार जना विरामीलाई डेंगु संक्रमण भएको छ ।
पछिल्लो १५ दिनमा बेनी बेनी अस्पतालमा उपचार गर्न आएका विरामीमध्य ४ जनामा कोरोना संक्रमण भेटिएको हो । बेनी अस्पतालका सुचना अधिकारी प्रकाश शर्माका अनुसार अन्नपूर्ण गापा, १ का एक, बेनी नगरपालिकाका १ र मंगला गाउपालिकाका २ जनाको रगत परिक्षण गर्दा डेंगु संक्रमण भेटिएको हो ।
वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता लक्ष्यण देखिएपछि उपचारकालागी अस्पताल आएका थिए । लक्ष्यण मिलेपछि विरामीको रगत परिक्षण गर्दा डेंगु भेटिएको हो । डेंगु संक्रमित पछिल्लो दुई महिनादेखी जिल्लाबाहिर गएका थिएनन ।
मनसुनसँगै डेंगु संक्रमण पनि देखिन थालेपछि कोरोना कहरका विच पनि डेंगु संक्रमणबाट वच्न थप रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान आवश्यक रहेको बेनी अस्पतालले जनाएको छ ।