FLASH NEWS
  • Loading...

काँडेमा ट्याक्सी दुर्घटनाहुँदा म्याग्दीका चार यात्रु घाईते

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०५ पटक पढिएको
काँडेमा ट्याक्सी दुर्घटनाहुँदा म्याग्दीका चार यात्रु घाईते

बेनीबाट यात्रु लिएर पोखरा तर्फ जाँदै गरेको ट्याक्सी र पोखराबाट नयाँपुलतर्फ जाँदै गरेको बस आज दिउसो सवा १२ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका ३ काँडेमा एक आपसमा ठक्कर खाँदा म्याग्दीका चार यात्रु घाईते छन् ।

ग १ ख ८१५५ नम्बरको बस र ध १ ज ४३० नम्बरको ट्याक्सी ठक्कर खाँदा ट्याक्सीका चालकसहित ४ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा  म्याग्दी जिल्लाको मालिका गाउँपालिका ३ दरवाङका ट्याट्याक्सी चालक, रघुगंगा गाउँपालिका १ की मनदेवी खड्का क्षेत्री र छे बहादुर खड्का क्षेत्री तथा बेनी नगरपालिका ९ का किसान खत्री रहेका छन् । उहाँहरुकाे पाेखरास्थित अस्पातालहरुमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

मणिपाल अस्पतालमा उपचार हुँदै गरेकाे चालकको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी क्षेत्रीद्धयको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उहाँहरुको अवस्था मध्यम रहेको छ । अर्का घाइते खत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको पनि अवस्था मध्यम रहेको जनाइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नावय उपरीक्षक श्रवण कुमार बि.क.ले दिएको जानकारी अनुसार सवारी साधन र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।