- Loading...
बेनीमा फैलदै एचआईभी संक्रमण
- पुनहिल डट कम
- ३ साल अघि
- १७५ पटक पढिएको
बेनी अस्पतालमा उपचार गर्न आएका दुई मजदुरमा एचआईभी पोजेटिभ देखिएको छ । संक्रमित मजदुरले बेनीको एक होटलमा नियमित असुरक्षित यौनसम्बन्ध राख्दै आएको रिपोर्ट गरेका छन ।
बेनी अस्पतालको एचआईभी कार्यक्रम हेर्ने एआरटी सेन्टरको अभिलेख अनुसार पछिल्लो एक हप्तामा बेनीका दुई जनामा एचआईभी पोजेटिभ देखिएको हो । चालु वर्ष ३ महिला समेत ८ वटा नयाँ एचआईभी संक्रमण केसमध्य तीन जना भारतबाट फर्केका बाहेक सवै जिल्ला/नेपाल नछोडेका छन । सवैले असुरक्षित यौन सम्पर्कबाट संक्रमण भएको बताएका छन ।
‘असुरक्षित यौन सम्पर्क नै एचआईभी संक्रमणको कारण भनेकोले हामी यौनकर्मीसम्म पुग्ने र एचआईभी परिक्षणकालागी मनाउने प्रयासमा छौं’ बेनी अस्पतालकी एआरटी काउन्सीलर पशुपती बानियाँले भनिन, ‘संक्रमित अधिकांश बाहिर नगएका स्थानीय छन ।’
बेनी अस्पतालको एआरटी सेन्टरको अभिलेख अनुसार जिल्लामा ७६ जनाले नियमित औषधी सेवन गरिरहेका छन । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँग बाग्लुङ, पोखरा, काठमाण्डौबाट गाउँ फर्केका २३ थना संक्रमित पनि जिल्लाको एआरटी सेन्टरको सम्पर्कमा आई औषधी सेवन गरिरहेका छन ।
‘जिल्लामा बर्षेनी एचआईभी/एड्स संक्रमित पत्ता लाग्ने रेसियो बढेको छ’ एआरटी काउन्सीलर बानियाँले भनिन्, ‘पत्ता लागेका सवै संक्रमितले नियमित एआरटी सेव लिईरहेका छन ।’