FLASH NEWS
  • Loading...

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३९ पटक पढिएको
आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभर आंशिक देखि सामान्य मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

 प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बांकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।