FLASH NEWS
  • Loading...

अली दाईको १०९ गोलको कीर्तिमानमा रोनाल्डोको बराबरी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६८ पटक पढिएको
अली दाईको १०९ गोलको कीर्तिमानमा रोनाल्डोको बराबरी

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा इरानका अली दाईको कीर्तिमानमा बराबरी गरेका छन्।

युरोकप अन्तर्गत गएराति फ्रान्ससँग २–२ को बराबरी खेल्ने क्रममा रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरेसँगै राष्ट्रिय टोलीबाट १७८ खेलमा १०९ औं गोल गरेर दाईको कीर्तिमानसँग बराबरी गरेका हुन्।

अब एक गोल गरे उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन्।