कालीगण्डकीमा गेग्रान थुप्रिदा मुस्ताङ्का वस्ती संकटमा

१० असार २०७८, बिहीबार १०:२५ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

बालुवा र गिटीले बनेको हिमाली सुख्खा उपत्यका र पठार रहेका मुस्ताङमा कालीगण्डकी नदीको विचमा गिटी, वालुवा थुप्रिदै गएपछि पानी/बाढीले तटिय क्षेत्रका खेतीयोग्य जमिन र वस्ती संकटमा पर्न थालेका छन ।
कालीगण्डकी नदीले बनाएको आँखाको नजर नपुग्ने फराकिलो ढुङ्गे बगर । कालीण्डकी नदीको क्षेत्रफल वर्षेनी बढ्दै जाँदा उर्वर खेतियोग्य जमिन र मिलेका वस्ती संकटमा पर्न थालेका हुन । मुस्ताङमा कालीगण्डकी धेरै फराकिलो भएर बग्छ । समथर र फराकिलो भै बाँडिएकोले कालीगण्डकीको भ्यालुसिटी (गती) घट्ने भएकोले डेव्रिज बगाउन सक्दैन र बर्षेनी थुप्रो लाग्दै गएको हो
‘नदी दुई प्रकारका छन, डिग्रेडिङ (बगाउने) र एग्रेडिङ (थुपार्ने) । मुस्ताङमा कालीगण्डकी एग्रेडिङ खालको छ । गिटीवालुवाको नाङ्गा पहाडबाट हिमाली ठाडो खोलाले अधिक मात्रामा डेव्रिज बगाएर ल्याएको हुन्छ । जुन डेव्रिज कालीगण्डकीले बगाएर लैजान नसकेपछि बर्षेनी झन झन थुप्रदै गईरहेको छे’ खानेपानी, जलश्रेत तथा सिंचाई सव डिभिजन कार्यालय मुस्ताङका प्रमुख झलकमोहन ओझाले भने, ‘जलवायु परिवर्तनको कारण छायाँवृष्टी हुने मुस्ताङमा बढ्दै गएको बर्षाको मात्राले गिटीवालुवाको पहाड झन स्खलित हुँदै छ ।’
डिभिजन प्रमुख इन्जिनिय ओझाले भने, ‘मुस्ताङले अहिले कालीगण्डकीमा सतह बढ्ने जुन समस्या सामना गरिरहेको छ, अवका दिनमा झन तिव्र हुने छ । जनवायसँग अनुकुलन हुन, हिउँ, हिमाल, हिमाली खोला, र नदी समेतका एकिकृत संरक्षण योजना आवश्यक छ ।’

तलबाट मुस्ताङ छिर्दा दाहिनेपट्टी निलगिरी साउथ र नर्थ तथा देव्रेपट्टी धवलागिरी र टुक्चे हिमालबाट लेते, सेते, घट्टे, लाईक्यु, थापा, चिमाङ, वोक्सी, तम, टुक्चे, मार्फा, स्याङ, लुप्रा, ठिनी, पाण्डा, झोङ, नरसिङ, साङ्ता समेतका ठाडा हिमनदी कालीगण्डकीमा मिसिनएका छन । हिमालमा सँधै हिउँ पर्दैन । मनसुनमा हिमालमा पानी पर्छ । पानी परेपछि हिमनदी ग्लेसियर (हिउँका ढिक्कासहित) पग्लेर वलौटे पहाडबाट पहिरो बनाई गेग्रान लिएर बग्छ ।
‘जोमसोमको मुक्तिनाथ वसपार्क नजिक कालीगण्डकी नदीमा तटवन्ध गर्न फाउण्डेसन खन्दा २.५ मिटर तल ग्याभिन भेटियो । यसरी कालीगण्डकीमा सतह माथी चढ्दै गएको छ’ स्थानीय निरज थकालीले भने, ‘हालै लुप्राखोला, ठिनीखोला र मार्फा खोलामा आएको बाढी हिमालमा वर्षा भएप्छि ग्लेसियर पग्लेर भएको थियो । यी प्रकृयाले कालीगण्डकीमा डेव्रिज थुप्रो लाग्छ ।’
कालीगण्डकी नदी किनारामा अवस्थित थासाङ गाउँपालिकाको टुक्चे, कोवाङ्ग, चिवाङ्ग, सौरु, घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ, जोमसोम, पुथाङ्ग समेतका वस्त र बाह्गाउँमुक्ति क्षेत्रको कागवेनी, छुक्छाङ क्षेत्रमा गिटीवालुलाको (गेग्रान) जम्मा भै सतहमाथी उठ्दा कालीगण्डकी नदीको पानी वस्ती पस्न थालेको हो ।
‘एक्यापले मुस्ताङमा कालीगण्डकी नदीको वायोडार्भसिटीमा अध्ययन गऱ्यो । अव वातावरणीय प्रभाव मुल्याङन पनि आवश्यक भएको छ । अस्तित्व संकटमा पर्दै गएका तटिय वस्ती जोगाउन पुरै कालीगण्डकको विस्तृत वातावरणीय अध्ययन आवश्यक छ’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख ?ऋषी वरालले भने, ‘अहिलेसम्म कालीगण्डकीमा गरिएको तटवन्ध अस्थाई र कामचलाउ मात्र हो । यो तरिकाले समस्याको दिगो समाधान संभव छैन । संघिय सरकार र पर्यावरणको क्षेत्रमा कृयाशिल अन्र्तराष्ट्रिय संस्था अघि सर्नु पर्छ ।’
यसरी हिमनदीहरुले ल्याएको गेग्रान तल कालीगण्डकीमा मिसिन आउँछ । हिमाली उपत्यकाको समथर भागमा बग्ने कालीगण्डकीले हिमनदीले ल्याएको गेग्रान बगाउन सक्दैन र त्यही बर्षेनी जम्मा हुँदै गैरहेकोले वस्ती, खेतीयोग्य जमिन भन्दा कालीगण्डकी नदी सतह माथी हुन थालेको हो ।
‘मुस्ताङको तल्लो भेगका दायाँ–वायाँ भेगका हिमालहरु धेरै नजिकै छन । यीनै हिमालबाट झर्ने ठाडा हिमखोलाले बर्षेनी ल्याउने डेव्रिज कालीगण्डकीमा आएर डिपोजिट भैरहेको छ । बगर डिपोजिट भैरहँदा यहाँका वस्ती डुवानमा परेका हुन’ मुस्ताङबाट विघटित प्रतिनिधी सभा सदस्य प्रेमप्रसाद तुलाचनले भने, ‘संसदमा कानुन बनाउँदा हिमाल, पहाड, तराई र चुरे क्षेत्रको फरक–फरक बनाऔ भन्ने प्रस्ताव गरें । करोडौं करोड घनमिटर गिटीवालुवा डिपोजिट भै समस्या भएको छ, उत्खनन गर्ने मेकानिजम बनाउन प्रस्ताव गरे तर कतै सुनुवाई नै भएन ।’
तुलाचनले भने, ‘तत्काल कालीगण्डकी नदीलाई छुक्साङबाट तल लेतेसम्मै कालीगण्डकीमा डोजर लगाएर विचको डेव्रिज साईड लगाई कालीगण्डकी विचमा नवगाई यहाँका वस्ती जोगाउन सकिन्न ।’
कालीगण्डकी नदीमा गेग्रानको थुप्रो लागेपछि वस्ती/खेतियोग्य जमिन भन्दा नदीको सतह माथी भै पानी वस्ती र खेतीयोग्य जमिन कटान थालेको हो । नदी कटानले मुस्ताङ्मा वर्षेनी सयौं रोपनी स्याउ, ओखर समेतका फलफुल र फापर, जौ, उवा, आलु वारी नस्ट हुँदै गएको छ ।
कालीगण्डकी नदीले खेतीयोग्य जमिन र वस्ती कटान रोक्न वर्षेनी ग्याभिन जाली भर्ने र हिमनदीको गेग्रानले पुर्दै गर्दा पछिल्ला २०–२५ वर्षमा नदीको सतह ७ मिटरसम्म अग्लो भएको स्थानीयले बताएका छन । कालीगण्डकीको सतह यसरी नै माथी चढ्ने हो भने आगामी १० वर्षमा मुस्ताङ सदरमुकाम जोमसोम, टुक्चे, कोवाङ, सौरु, धम्पु समेतका वस्तीको अस्तित्व नासिने खतरा रहेको स्थानीयको चिन्ता छ ।
‘माथी निलगिरीबाट झर्ने तम खोलाले ल्याउने गेग्रान र तल कालीगण्डकीका सतह माथी चढ्दै वस्ती पसेर ढुवान गर्दैछ । घर, स्याउ, जौ, आलु खेत पुर्दैछ । हाम्रो आदीभुमी संकटमा छ’ कालीगण्डकी नदीको पारीपट्टी रहेको थासाङ गाउँपालिका, ३ सौरुका कृषक राजु गौचनले भने, ‘कालीगण्डकी नदी माथी चढेको र झन फैलिएकोले हामी झोलुङ्गे पुल राखेर वारपार गर्न सकेका छैनौं । कालीपारीको कोवाङ पुग्न पनि एक दिनको घुमाउरो वाटो छिचोल्ने पर्छ ।’ समाचार कान्तिपुरमा प्रकाशित छ ।