FLASH NEWS
  • Loading...

दक्षिण अफ्रिकासँग नेपालको व्यापार घाटा ९ अर्बभन्दा बढी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४६ पटक पढिएको
दक्षिण अफ्रिकासँग नेपालको व्यापार घाटा ९ अर्बभन्दा बढी

नेपालको दक्षिण अफ्रिकासँग व्यापार घाटा नौअर्ब सातकरोड तीनलाख ५७ हजार रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्ष २०७७/७८को पहिलो दश महिनामा नेपालले उक्त घाटा ब्यहोरेको हो। भन्सार विभागका अनुसार सो अवधिमा दक्षिण अफ्रिकाबाट ९ अर्ब ९ करोड ७८ लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ।

नेपालबाट दुईकरोड ७४ लाख ७८ हजार रुपैयाँको वस्तु दक्षिण अफ्रिका गएको छ।