FLASH NEWS
  • Loading...

कतारले विश्वकप हेर्न आउने दर्शकलाई १० लाख डोज कोरोना खोप लगाउने

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०६ पटक पढिएको
कतारले विश्वकप हेर्न आउने दर्शकलाई १० लाख डोज कोरोना खोप लगाउने

कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले ‘विश्वकप फुटबल २०२२’ हेर्न आउने १० लाख दर्शकलाई कोरोना खोप प्रदान गर्ने कतार सरकारको निर्णय प्रशंसनीय भएको बताएका छन्।

कतारको एक अखबारसँग कुराकानी गर्दै राजदूत भारद्धाजले उक्त निर्णयले संसार भरका फुटबलप्रेमीलाई विश्वकप हेर्न प्रोत्साहित गर्ने बताए। “कोरोना महामारीबीच २०२२ विश्वकपको तयारी कतारले शानदार रुपमा गरेकोमा हामी चकित परेका छौं”, उनले भनेका छन्।