- Loading...
खुकुलो बनाउँँदै एक हप्ता निषेधज्ञा थप, होटल तथा यातायात ब्यवसायीको माग सम्बोधन भएन
- पुनहिल डट कम
- ३ साल अघि
- १५५ पटक पढिएको

बजार, वैंक वित्तिय संस्था र कार्यालय खुल्ने समयमा थप खुकुलो बनाउँदै म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) थप एक साता थपिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी आगामी १४ गते सम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
मंगलवारदेखी खाद्यान्न ,कृषि औजार ,मल ,विउविजन ,स्थानिय उत्पादित तरकारी ,फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,हार्डवयर पसल ,पुस्तक तथा स्टेशनरी पसल ,सुनचाँदी पसल ,टेलरिङ,फेन्सी तथा कपडा पसल ,इलेक्टे«कल ,इलेक्ट्रोनिक्स,भाँडापसल ,ग्याँस ,पेट्रोल लगायत सेवाका पसलह स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पुर्ण पालना गरी बिहान ५ बजेदेखी दिउसो १ बजेसम्म खुल्नेछन् ।
सवै क्षेत्रमा लकडाउन खुकुलो बनाईएको भएपनी सार्वजनिक यातायातको क्षेत्रलाई सम्बोधन नगरिएको भन्दै ब्यवसायीले असुन्तुष्टी जनाएका छन ।
जनजीवन तथा आर्थिक गतिविधीलाई सक्रिय बनाउने सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षा सहित मापदण्डको कडाई पूर्वक अनुगमनसहित संञ्चालन गर्नु पर्र्थो त्यसो भएन भन्दै यातायात ब्यवसायीले असन्तुष्टी पोखेका हुन ।
त्यसैगरी मंगलवारदेखी निजी, सार्वजनिक तथा सरकारी कार्यालयमा सेवा प्रवाह गर्दा स्थानीय तह अनुसारको सेवा प्रवाह गरिने भएको छ । जस अनुसार आइतबार धवलागिरी र अन्नपुर्ण गाउँपालिका,सोमबार मालिका गाउँपालिका ,मंगलबार बेनी नरपालिका,बुधबार रघुगंगा गाउँपालिका ,बिहिबार मंगला गाउँपालिका र शुक्रबार बेनी नगरपालिकाले सेवा दिनेछन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
