- Loading...
वेपत्ता शिक्षक भक्त कार्कीको हत्या आशंका
- पुनहिल डट कम
- ३ साल अघि
- १७९ पटक पढिएको

बेनी नगरपालिका, ५ बगुवाखोला स्थित वालजागृती आधारभुत विद्यालयका प्रध्यान अध्यापक भक्त कार्की शंकास्पद वेपत्ता भएका छन ।
सोमबार विहानै विद्यालय नजकै बेनी–दरवाङ सडकको चुत्रेनी खण्डको सडकदेखी करिव १० मिटर तल म्याग्दी खोला नजिकै बगरमा रगताम्मे भएको तथा कार्कीले लगाउने इष्टकोट, चप्पल र मोवाईल फेला परेको छ ।
स्थानीयले आईतवार दिउँसो नै कार्कीको हत्यागरी शव नदीको भेलमा फालेको आशंका गरेका छन । आईतवार विहान ८ बजे घरबाट विद्यालय जान निक्लेका कार्की रातीसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खवरगरी खोज्ने काम थालेका थिए ।
प्रहरीले घट्ना स्थलमा फेला परेका प्रमाणसहित विद्यालयमा कार्यरत केही कर्मचारीलाई सोधपुछ सुरु गरेको छ ।
‘वेपत्ता भनिएका व्यक्तिको शव फेला नपरी वा पुष्टी नभै तत्काल हत्या भएको भन्न मिल्दैन । तर घट्ना स्थलको प्रकृति हेर्दा शंकास्पद छ’ प्रहरी नायवउपरिक्षक श्याम राईले भने, ‘अनुसन्धानकालागी केही व्यक्तिसँग सोधपुछ थालेका छौं । अनुसन्धान सुरु भएको छ ।’
कार्की सत्तारुढ एमाले निकट शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष तथा एमालेका जिल्ला नेता पनि हुन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
