FLASH NEWS
  • Loading...

अन्नपुर्णमा आव ०७८/०७९को ४२ करोड ३० लाख बजेट सार्वजनिक

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७५ पटक पढिएको
अन्नपुर्णमा आव ०७८/०७९को ४२ करोड ३० लाख बजेट सार्वजनिक

म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक बर्ष२०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बरारबरको बजेट सार्वजनिक गरको छ ।

सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा तेह्रौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष  केशमाया मगरले आव ०७८/०७९को  निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरिन ।

प्रस्तुत बजेटमा चालुतर्फ ३१ करोड १७ लाख २० हजार, पुँजीगत तर्फ ८ करोड ९९ लाख ८० हजार र कोषतर्फ दुई करोड १३ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

सशर्त तर्फ २३ करोड १८ लाख ,संघिय सरकारको वित्तिय समानिकरण अनुदान ७ करोड ७ लाख , संघिय सरकारबाट प्राप्त राजश्व बाँडफाँड ७ करोड २ लाख ४५ हजार ,गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान २२ लाख ७२ हजार ,प्रदेश सरकार राजश्व बाँडफाँडबाट ५ लाख ३८ हजार ,आन्तरिक राजश्वबाट प्राप्त हुने ९० लाख ४० हजार र अघिल्लो आर्थिक बर्षबाट खर्च नभइ बाँकी रहेको अनुमानित एक करोड ९१ लाख ५ हजार रुपैयाँ बजेटमा समावेश गरिएको छ ।

बजेटमा पर्यटन , स्वास्थ्य,भौतिक पुर्वाधार ,युवा तथा खेलकुद ,कृषी ,खानेपानी तथा सिँचाइ, शिक्षा, वन तथा बातावारण लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर निति ,कार्यक्रम र बजेट प्रस्ताव गरिएको उपाध्यक्ष मगरले बताईन । यसैगरी कोरोना रोकथाम तथा नियन्त्रण लगायत विपद व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर बजेट ल्याइएको भनाई छ ।