FLASH NEWS
  • Loading...

पछिल्लो २ सातामा गण्डकीको मुस्ताङ् र बाग्लुङ सहित १७ जिल्लामा कोरोना संक्रमणमा बृद्धि

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९५ पटक पढिएको
पछिल्लो २ सातामा गण्डकीको मुस्ताङ् र बाग्लुङ सहित १७ जिल्लामा कोरोना संक्रमणमा बृद्धि

पछिल्लो २ सातामा १७ जिल्लाहरुमा कोरोना भाइरसका संक्रमितहरु बढेको पाईएको सरकारले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नं.१ को उदयपुर, पाँचथर, तेह्रथुम, भोजपुर र संखुवासभा, बाग्मती प्रदेशको दोलखा, नुवाकोट र रसुवा, गण्डकी प्रदेशको बाग्लुङ र मुस्ताङ्मा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको पाइएको हो ।
यस्तै लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको जुम्ला, डोल्पा, मुगु र रुकुम पश्चिम तथा सुदुरपश्चिम प्रदेशको बाजुरामा पनि पछिल्लो १४ दिनमा कोरोना भाइरसको संक्रमितहरुको संख्या बढोत्तरी आएको मन्त्रालयले जनाएको हो ।
अन्य जिल्लाहरुमा भने संक्रमणको दर घटेको पाईएको मन्त्रालयको भनाई छ ।